कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा सहभागिताका लागि दोलखाबाट अपिल – Naya Bikalpa
January 20, 2026, Tuesday      Epaper

कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा सहभागिताका लागि दोलखाबाट अपिल


काठमाडौं : नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा व्यापक सहभागिताका लागि नेपाली कांग्रेस दोलखाले औपचारिक अपील जारी गरेको छ।

कांग्रेसको दोस्रो विशेष महाधिवेशन आइतबार र सोमबार काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुँदैछ। महाधिवेशनमा देशभरका महाधिवेशन प्रतिनिधि, जिल्ला तहका नेता–कार्यकर्ता, भ्रातृ तथा शुभेच्छुक संघ–संस्था र पार्टी समर्थक आम नागरिकलाई सक्रिय सहभागिता जनाउन आह्वान गरिएको छ।

अपीलमा विशेष महाधिवेशन पार्टीको वैचारिक स्पष्टता, संगठनात्मक एकता र आन्तरिक लोकतन्त्रलाई सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको उल्लेख छ। साथै देशका समसामयिक राजनीतिक चुनौतीहरूको समाधानका लागि यस महाधिवेशनले मार्गनिर्देशन गर्ने विश्वास व्यक्त गरिएको छ।

नेपाली कांग्रेस केवल राजनीतिक दलमात्र नभई लोकतन्त्र, समावेशिता, सामाजिक न्याय र राष्ट्रिय एकताको दीर्घकालीन आन्दोलनको प्रतिनिधि शक्ति भएको जनाउँदै यस ऐतिहासिक घडीमा हुने सहभागिता पार्टीको भविष्य र राष्ट्रको दिशासँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएको अपीलमा उल्लेख गरिएको छ ।

दोलखा जिल्लाबाट निर्वाचित सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई जिम्मेवार, सक्रिय र रचनात्मक भूमिका निर्वाह गर्न समेत आग्रह गरिएको छ।

उक्त अपील नेपाली कांग्रेस दोलखाका विभिन्न तहका नेतृत्वद्वारा संयुक्त रूपमा जारी गरिएको हो। अपीलमा प्रदेश क्षेत्र–क, दोलखाका सभापति विकास खड्का,नेपाल तरुण दल दोलखाका अध्यक्ष चित्र तामाङ,दोलखा–काठमाडौँ सम्पर्क समितिका सभापति सरोज शिवाकोटी,नेपाली कांग्रेस भिमेश्वर नगरपालिका समितिका सभापति शंकर कार्की र नेपाल विद्यार्थी संघ दोलखाका सभापति सौगात थापाको हस्ताक्षर रहेको छ।

सम्बन्धित समाचार

पत्रकार ऋषि धमला रौतहट- ४ बाट चुनाव लड्ने
पत्रकार ऋषि धमला रौतहट- ४ बाट चुनाव लड्ने
  • २०८२ पुष २६, १९: २३

काठमाडौँ । पत्रकार ऋषि धमलाले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रौतहट क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने भएका छन् । पत्नी एलिजा गौतमले...

प्रतिनिधि सभा निर्वाचन :आज देशभर उम्मेदवारी दर्ता
प्रतिनिधि सभा निर्वाचन :आज देशभर उम्मेदवारी दर्ता
  • २०८२ पुष २६, १९: २३

 काठमाडौं।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ आज देशभर उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले देशभरका १६५ वटै...

प्रतिनिधिसभा निर्वाचन : आज मनोनयन दर्ता
प्रतिनिधिसभा निर्वाचन : आज मनोनयन दर्ता
  • २०८२ पुष २६, १९: २३

काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि मंगलबार देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ। निर्वाचन आयोगले...