विशेष महाधिवेशनमा सभापति नै उपस्तिति हुनु भन्दै निमन्त्रणा – Naya Bikalpa
April 18, 2026, Saturday      Epaper

विशेष महाधिवेशनमा सभापति नै उपस्तिति हुनु भन्दै निमन्त्रणा


काठमाडौं : नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटनमा प्रमुख अतिथिका लागि सभापति शेरबहादुर देउवालाई निम्तो गरिएको छ । आयोजक समितिले सभापति देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित केन्द्रीय कार्यसमितिलाई निमन्त्रणा पठाएको छ।

विशेष महाधिवेशन व्यवस्थापन समितिले सभापति देउवालाई प्रमुख अतिथिसहित पार्टीका पदाधिकारीलाई महाधिवेशनमा सहभागी हुन भन्दै निमन्त्रणा पठाएको हो।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सभापति देउवालाई महाधिवेशनमा सहभागिताका लागि निमन्त्रणा पठाइसकिएको जानकारी दिँदै सभापति सहभागी भए देउवाकै हातबाट महाधिवेशन उद्घाटन गरिने र उनलाई नै प्रमुख अतिथि बनाइने बताए ।

आइतबार दिउँसो १ बजे भृकुटीमण्डपमा कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन गर्ने कार्यतालिका छ । सभापति देउवा सहभागी नहुने अवस्थामा भने अन्य कुनै व्यक्तिलाई प्रमुख अतिथि बनाएर महाधिवेशन अघि बढ्ने शिवाकोटीले जानकारी दिए।

विशेष महाधिवेशनको सभापतित्व भने नेपाली कांग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाँले गर्ने तय भएको छ । विशेष महाधिवेशनमा अन्य दलका नेताहरूलाई भने निमन्त्रण गरिएको छैन ।

सम्बन्धित समाचार

लायन्स डिष्ट्रिक्ट ३२५ एफको चौथो कन्भेन्सनसँगै नेतृत्वमा खनाल, सापकोटा र श्रेष्ठको टिमलाई डिजि पिडिजिहरुको समर्थन
लायन्स डिष्ट्रिक्ट ३२५ एफको चौथो कन्भेन्सनसँगै नेतृत्वमा खनाल, सापकोटा र श्रेष्ठको टिमलाई डिजि पिडिजिहरुको समर्थन
  • २०८२ पुष २६, १८: ४४

काठमाडौं : लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एफको आगामी चैाथो कन्भेनसन र लायन वर्ष २०२६ /०२७ को नेतृत्व चयनका लागि लायन्स...

तातिँदै छ मौसम ,कहाँ कहाँ के रहनेछ
तातिँदै छ मौसम ,कहाँ कहाँ के रहनेछ
  • २०८२ पुष २६, १८: ४४

काठमाडौं । देशका केही भूभागमा वर्षा र हिमपात हुँदा केही क्षेत्रमा उच्च गर्मीको सम्भावना छ । मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका...

सर्वोच्चद्वारा गगन थापाकै नेतृत्वलाई आधिकारिकता, देउवा समूहको रिट खारेज
सर्वोच्चद्वारा गगन थापाकै नेतृत्वलाई आधिकारिकता, देउवा समूहको रिट खारेज
  • २०८२ पुष २६, १८: ४४

काठमाडौं : सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता गगन थापाको नेतृत्वलाई दिने निर्वाचन आयोगको निर्णय सदर गरेको छ । सर्वोच्चले शेरबहादुर देउवा र...