देउवाले पार्टीमा तानाशाही प्रवृत्ति लादेका कारण विशेष महाधिवेशन निम्त्यो : कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठ – Naya Bikalpa
April 14, 2026, Tuesday      Epaper

देउवाले पार्टीमा तानाशाही प्रवृत्ति लादेका कारण विशेष महाधिवेशन निम्त्यो : कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठ


काठमाडौं : नेपाली कांग्रेसका अग्रज नेता गोपालमान श्रेष्ठले पार्टीको दोस्रो विशेष महाधिवेशनमा देशभरका कार्यकर्तालाई कुनै पनि डर-त्रास नमानिकन सहभागी हुन आह्वान गरेका छन् । विगतमा शेरबहादुर देउवालाई सभापति बनाउन निर्णायक भूमिका खेलेका तथा पार्टी विभाजनको कठिन समयमा समेत साथ दिएका श्रेष्ठले अहिले भने देउवाले पार्टीमा तानाशाही प्रवृत्ति लाद्न खोजेको आरोप लगाउँदै विशेष महाधिवेशनमा कसैको डर नमानी सहभागी हुन महाधिवेशन प्रतिनिधिलाई आग्रह गरेका हुन् ।

विशेष महाधिवेशनका सन्दर्भमा श्रेष्ठले भने, “नेपाली कांग्रेसको विशेष महाधिवेशनमा मेरो पूर्ण समर्थन र सहयोग छ । साथीभाइहरू कसैको डर, त्रास नमानिकन निर्धक्क भएर सहभागी हुनुस् ।” उनले नेताहरूलाई कारबाही गर्ने धम्कीका कारण कार्यकर्ता डराउन नपर्ने पनि स्पष्ट पारे।

पुस २७ र २८ गते हुने विशेष महाधिवेशनलाई वैधानिक र विधिसम्मत प्रक्रिया भन्दै श्रेष्ठले विधानअनुसार अघि बढ्दा पार्टी फुट्ने कुनै कारण नरहेको बताए । “विधिवत विधानअनुसार विशेष महाधिवेशन भएको हो भने किन पार्टी फुट्छ ?” उनले प्रश्न गरे, “विशेष महाधिवेशनमा बहुमतले कुनै प्रस्ताव पास गर्छ भने सबैले मान्नैपर्छ । ५१ प्रतिशतले अनुमोदन गरेपछि त्यो वैधानिक हुन्छ ।”

श्रेष्ठले विगतमा शेरबहादुर देउवालाई सहयोग गरेर गल्ती भएको स्वीकारसमेत गरे । “विगतमा देउवालाई सहयोग गरियो, त्यो गल्ती भयो,” उनले भने, “आज पार्टीभित्र तानाशाही प्रवृत्ति देखिएको छ, यो लाद्न पाइँदैन ।”

देउवाले पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएर उपचारका लागि सिंगापुर गए पनि फर्किएपछि पार्टीभित्र साथीभाइको कुरा नसुनी एकलौटी निर्णय गर्न खोजिएको उनको आरोप छ ।

उनले आक्रोश पोख्दै भने, ‘सिंगापुर जानुभन्दा अगाडि कार्यवाहक तोक्ने, सक्रिय राजनीति छोडेँ भन्ने अनि सिंगापुरबाट फर्केपछि साथीहरूका कुरा नसुनी आफ्नो एकलौटी गर्न मिल्छ ?’

आफू हाल बिरामी रहे पनि सम्भव भए विशेष महाधिवेशनमा स्वयं उपस्थित हुने प्रतिबद्धता व्यक्त गर्दै श्रेष्ठले अन्त्यमा सबै कांग्रेस कार्यकर्तालाई विशेष महाधिवेशनमा सहभागी भई पार्टीलाई विधि, विधान र लोकतान्त्रिक अभ्यासको बाटोमा अघि बढाउन भूमिका खेल्न आग्रह गरेका छन् ।

सम्बन्धित समाचार

नेपाल–भारत सहकार्यमा प्रसौनिको बेङ्गा साह माविमा विद्यालय तथा पुस्तकालय भवनको शिलान्यास
नेपाल–भारत सहकार्यमा प्रसौनिको बेङ्गा साह माविमा विद्यालय तथा पुस्तकालय भवनको शिलान्यास
  • २०८२ पुष २६, १८: ५०

वीरगञ्ज : नेपाल–भारत विकास सहकार्यअन्तर्गत बारा जिल्लाको प्रसौनी गाउँपालिका–२ स्थित श्री बेङ्गा साह माध्यमिक विद्यालय तथा पुस्तकालय भवन निर्माण कार्य...

नयाँ वर्षको पहिलो दिन पशुपतिनाथ मन्दिरमा लाखौं भक्तजनले गरे दर्शन
नयाँ वर्षको पहिलो दिन पशुपतिनाथ मन्दिरमा लाखौं भक्तजनले गरे दर्शन
  • २०८२ पुष २६, १८: ५०

काठमाडौं : आजदेखि विसं २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा पनि लिने...

आज नयाँ वर्ष : हर्षोल्लासका साथ मनाइँदै
आज नयाँ वर्ष : हर्षोल्लासका साथ मनाइँदै
  • २०८२ पुष २६, १८: ५०

काठमाडौं : आजदेखि विसं २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा पनि लिने...