काठमाडौं । आगामी महिना हुने प्रतिनीधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिदै जादा नेपाली कांग्रेसले तयारीलाई तिव्र बनाएको छ । घोषणापत्र पहिले नै सार्वजानिक गरेको कांग्रेसले उम्मेदवारको मनोनयन सकिएसंगै विभिन्न तयारी समितिहरु बनाएर चुनावी अभियान सुरु गरेको छ ।
पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिले चुनावी अभियान समेत सुरु गरिसकेको छ । पार्टी सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो चरणमा निर्वाचन हुने जिल्ला ताप्लेजुङबाट चुनावी अभियान सुरु गरेका हुन । शनिवार नै अभियानको पहिलो दिन सभापति देउवाले तीनवटा जिल्लाका सभालाई सम्बोधन गरेका छन् । निर्वाचन परिचालन समिति अन्तरगत प्रचार प्रसार उपसमिति गठन भएको छ भने केन्द्रीय कार्यालयमा मिडिया सेन्टर स्थापना भइसकेको छ ।
सातवटै प्रदेशमा मिडिया सेन्टरको स्थापना गर्ने तयारी गरिएको केन्द्रीय निर्वाचन परिचालन समितिका सहसंयोजक सुरेन्द्रराज पोण्डेले जानकारी दिए । ती मिडिया सेन्टर मार्फत नेपाली कांग्रेसका चुनाव प्रचार प्रसार देखि प्रचार प्रसारका सामाग्रीहरुको समेत वितरण त्यही स्थानबाट हुनेछ । त्यस्तै पार्टीका सदस्य, भातृ एवम् शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यहरुलाई आ–आफ्ना निर्वाचन क्षेत्रभित्रका गाँउ एवम् नगरमा पुगेर कांग्रेस उम्मेदवारको पक्षमा प्रचार प्रसार गर्न समेत निर्देशन समेत दिइएको छ ।
केन्द्रीय निर्वाचन परिचालन समितिले चाँडै नै सभापति देउवा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा सशाँक कोइराला लगायत प्रभावशाली नेताहरुका बिभिन्न जिल्लामा कार्यक्रम तय गर्ने तयारी गरिरहेको छ भने पहिलो चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुने जिल्लाहरुमा केन्द्रीय निर्वाचन परिचालन समितिका प्रतिनिधिहरु पठाउने निर्णय समेत भएको कुरा केन्द्रीय प्रचारप्रसार समितिका एक सदस्यले बताए ।
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो...
काठमाडौं : संघीय संसद्का दुवै सदनको बैठक बुधबार छुट्टाछुट्टै बस्ने भएको छ। संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११...
वीरगञ्ज : भारत सरकारले नेपाललाई १० वटा कैदी बोक्ने ट्रक हस्तान्तरण गरेको छ । भारतका वीरगञ्जस्थित महावाणिज्यदूत देवी सहाय मीणाले...