बढ्यो पेट्रोल–डिजेलको मूल्य – Naya Bikalpa
February 16, 2026, Monday      Epaper

बढ्यो पेट्रोल–डिजेलको मूल्य


काठमाडौं : पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढेको छ।

सोमबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको हो।

निगमले मंगलबार एक विज्ञप्ति जारी गरी पेट्रोल लिटरमा एक रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा ३ रूपैयाँ बढाएको जानकारी दिएको छ। खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत छ।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो। निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर १.५१ रूपैयाँ र डिजेलमा ५.०२ रूपैयाँ बढाएर नयाँ मूल्य सूची पठाएको छ।

निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ।

पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्।

यो क्षेत्रमा अब पेट्रोलको भाउ १५४ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १३९ रूपैयाँ ५० पैसा पर्नेछ।

त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १५६ रूपैयाँ प्रतिलिटर पर्नेछ। डिजेल र मट्टीतेल १४१ रूपैयाँ पर्नेछ।

तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १५७ रूपैयाँ प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १४२ रूपैयाँ पर्नेछ।

सम्बन्धित समाचार

दुर्गा प्रसाईं फेरि पक्राउ
दुर्गा प्रसाईं फेरि पक्राउ
  • २०८२ फाल्गुन ४, ०८: ०६

काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । प्रहरीले प्रसाईंलाई भक्तपुरको पुरानो थिमिबाट पक्राउ गरेको हो ।...

रविविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नहुने
रविविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नहुने
  • २०८२ फाल्गुन ४, ०८: ०६

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने भएको छ ।...

नेप्से ८.१६ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो
नेप्से ८.१६ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो
  • २०८२ फाल्गुन ४, ०८: ०६

काठमाडौं । नेप्सेमा गिरावट आएको छ । साताको दाेस्राे कारोबार दिन आज सोमबार नेप्से आठ दशमलव १६ अंकले घटेर २६...