रविविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नहुने – Naya Bikalpa
February 16, 2026, Monday      Epaper

रविविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नहुने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने भएको छ ।

कास्की जिल्ला अदालतले रास्वपाका सभापति रविविरुद्ध दायर संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा तत्काल फिर्ता नलिने भएको हो ।

सोमबार मुद्दा फिर्ता सम्बन्धी निवेदनमाथि सुनुवाइ गर्दै जिल्ला न्यायाधीश नितिश राईको इजलासले महान्यायाधिवक्ताको कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भइसकेकाले तत्काल मुद्दा फिर्ता गर्न नमिल्ने ठहर गरेको हो ।

महान्यायाधिवक्ताको कार्यालयले गत पुस ३० गते लामिछानेसहित प्रतिवादी रहेका संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा कास्की जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा फिर्ताका लागि निवेदन दिएको थियो ।

इजलास अधिकृत गुरूदेव आचार्यका अनुसार, सर्वोच्च अदालतबाट यस विषयमा हुने आदेश जिल्ला अदालतमा प्राप्त भएपछि मात्रै मुद्दा फिर्ताबारे निर्णय हुने आदेश गरिएको छ ।

यसअघि रूपन्देही जिल्ला अदालतले पनि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने निर्णय गरिसकेको छ ।

लामिछानेविरुद्ध पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणसँग सम्बन्धित सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा कास्की, काठमाडौं, चितवन र रूपन्देही जिल्ला अदालतमा दायर भएका छन् ।

महान्यायाधिवक्ता सविता भण्डारीले सहकारी ठगीसम्बन्धी मुद्दा यथावत् राखी संगठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा फिर्ता लिने निर्णय गरेकी थिइन् । उक्त निर्णयविरुद्ध युवराज पौडेल (युवराज सफल) ले माघ २ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

सम्बन्धित समाचार

दुर्गा प्रसाईं फेरि पक्राउ
दुर्गा प्रसाईं फेरि पक्राउ
  • २०८२ फाल्गुन ४, १९: १४

काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । प्रहरीले प्रसाईंलाई भक्तपुरको पुरानो थिमिबाट पक्राउ गरेको हो ।...

बंगलादेशका प्रधानमन्त्रीको सपथ समारोहमा परराष्ट्रमन्त्री शर्मा सहभागी हुने
बंगलादेशका प्रधानमन्त्रीको सपथ समारोहमा परराष्ट्रमन्त्री शर्मा सहभागी हुने
  • २०८२ फाल्गुन ४, १९: १४

काठमाडौं ।  बंगलादेशका नवनिर्वाचित प्रधानमन्त्रीको सपथ ग्रहण समारोहमा नेपालबाट परराष्ट्रमन्त्री बालानन्द शर्मा सहभागी हुने भएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले...

रूपन्देहीमा जसपाका उम्मेदवार नै एमालेमा प्रवेश
रूपन्देहीमा जसपाका उम्मेदवार नै एमालेमा प्रवेश
  • २०८२ फाल्गुन ४, १९: १४

बुटवल। जनता समाजवादी पार्टी (जसपा)बाट प्रतिनिधिसभा सदस्यमा रुपन्देही क्षेत्र नं ३ का उम्मेदवार बनेका श्रीनिवास यादव एमाले प्रवेश गरेका छन्।जसपा...