
काठमाडौं : आज स्थानीय बजारमा सनचाँदीको मूल्यमा केही कमी आएको छ । सुन रु तीन हजारले र चाँदी रु १२५ ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख दुई हजार ८०० तथा एक तोला चाँदीको मोल रु चार हजार ८६० निर्धारण भएको छ ।
साताको पहिलो दिन हिजो आइताबार बजार खुल्दा प्रतितोला छापावाल सुन रु तीन लाख पाँच हजार ८०० र त्यति नै चाँदी रु चार हजार ८६० मा खरिदबिक्री भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २५ अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । प्रहरीले प्रसाईंलाई भक्तपुरको पुरानो थिमिबाट पक्राउ गरेको हो ।...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने भएको छ ।...
काठमाडौं । नेप्सेमा गिरावट आएको छ । साताको दाेस्राे कारोबार दिन आज सोमबार नेप्से आठ दशमलव १६ अंकले घटेर २६...