
छिमेकी मित्रराष्ट्र बंगलादेशमा बिहीबार सम्पन्न निर्वाचन परिणामले दक्षिण एसियाली राजनीतिमा एउटा सन्देश दिएको छ । सन् २०२४ को चर्चित मनसुन क्रान्तिको झण्डै डेढ वर्षपछि भएको निर्वाचनमा पूर्वप्रधानमन्त्री खालिदा जियाको दल बंगलादेश नेशनलिस्ट पाटी (बिएनपी) ले दुई–तिहाइ बहुमत पाएको छ । ३०० सिटका लागि भएको निर्वाचनमा बिएनपीले २१२ सिटमा जित हात पारेको छ । यो जितपछि पूर्व राष्टपति जियाउर रहमान र पूर्व प्रधानमन्त्री खालिदाजियाका छोरा तारिक रहमानलाई वंगलादेशको प्रधानमन्त्री हुने बाटो खुला भएको छ ।
यस पटकको निर्वाचनमा गत मनसुनी क्रान्तिको अगुवाई गरेका विद्यार्थी र युवाहरूको नेतृत्वमा बनेका नयाँ राजनीतिक दलहरू चुनावी मैदानमा नराम्ररी पराजित हुन पुगेका छन् । विद्यार्थी आन्दोलनको नेतृत्व गरेर केन्द्रबिन्दुमा रहेको नेशनल सिटिजन्स पार्टी (एनसीपी) ले ६ सिटमा चित्त बुझाउनु परेको छ ।
यसबाट के कुरा प्रष्ट भएको छ भने आन्दोलनको राप र तापले सत्ता परिवर्तन गरेता पनि जनमतले अन्ततः पुराना र स्थापित दलहरूलाई नै शासनको बागडोर सुम्पिएका छन् । वंगलादेशको यो चुनावी परिणामको परिदृश्यलाई दुई सातापछि हुने नेपालको निर्वाचनसंग जोडेर हेर्न सकिन्छ । अर्थात् नेपालको वर्तमान राजनीतिक अवस्था र नयाँ भनिएका शक्तिहरूका लागि वंगलादेशको निर्वाचन परिणाम एउटा पाठ बन्न सक्छ । त्यो भनेको सडकमा लहडका भरमा निस्केका प्रदर्शनकारीहरुको ताली पाउनु र मतपत्रमा प्रकट हुने मत फरक विषय हुन् । भावनाको आवेगमा गरिएको विद्रोह र सुझबुझपूर्ण राजनीतिमा निकै ठूलो अन्तर छ । नेपालको सन्दर्भमा हेर्दा विगत केही समयदेखि पुराना दलहरूप्रति निराशा र नयाँ शक्तिहरूप्रति आकर्षण बढेको देखिन्छ । पुराना दलकाप्रतिको निराशा अरु कुनै कारणबाट नभई तिनको कार्यशैलीका कारण हो । त्यसकारण ‘नयाँ’ हुनु मात्रै जनविश्वास जित्ने आधार पक्कै होइन । किनभने नेपालको सन्दर्भमा हेर्दा नयाँ दलहरूसँग न स्पष्ट विचारधारा छ, न तिनको देशव्यापी संगठन छ, न त शासन चलाउने परिपक्वता नै छ । जुन कुरा विगतका सरकारमा भएको तिनको प्रतिनिधित्वले नै पुष्टि गरिसकेको छ ।
त्यसकारण आम मतदाताले संकटको घडीमा मत दिने भनेकै चिनिएका र खारिएका पुराना शक्तिहरूलाई नै हो भन्ने उदाहरण वंगलादेशका मतदाताले देखाएका छन् । बंगलादेशमा विद्यार्थीहरूले ल्याएको परिवर्तन संस्थागत हुन नसक्नुका पछाडिको प्रमुख कारण भनेको उनीहरूको फितलो संगठन र अस्पष्ट विचारधारा नै हो । ठीक त्यसैगरी नेपालमा पनि नयाँ भनिएका दलहरूले सामाजिक सञ्जालको लोकप्रीयतालाई शक्तिको मापन गर्दै आएका छन् । जसले आम मतदाताका आधारभूत समस्या, आर्थिक सुधार र सुशासनको भरपर्दो मार्गचित्र दिन सकेका छैनन् ।
यस्तो अवस्थामा बंगलादेशको चुनावी नतिजाले स्थापित दलहरूलाई हिजोका कमिकमजोरी दोहोरिन नदिने र आगामी दिनमा सुध्रिएर अघि बढ्नुपर्छ भन्ने एउटा गतिलो सन्देश दिएको छ । त्यसलाई उनीहरुले गम्भीरतापूर्वक लिनैपर्छ ।
१.निर्वाचनको अवस्थामा सुरक्षामा गर्नुपर्ने काम २०८२साल भदौ २३र २४ गते भएका अप्रत्याशित घटनाहरुको परिणामस्वरुप भदौ २७गते गठित संसद बाहिरको पूर्व...
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांगे्स पार्टीको तर्फबाट नुवाकोट जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फको उम्मेदवारको...
१. निर्वाचनको अर्थ नै धेरै योग्य आकांक्षीहरुमध्ये कसैलाई छान्ने हो । प्रत्यक्ष रुपमा छानिने योग्य व्यक्तिलाई छान्न आधुनिक समयमा भोटिङ्...