नौविसे-नागढुंगा सडक खण्डको काम अन्तिम चरणमा – Naya Bikalpa
February 25, 2026, Wednesday      Epaper

नौविसे-नागढुंगा सडक खण्डको काम अन्तिम चरणमा

काठमाडौंः धादिङ जिल्लामा निर्माण भइरहेको नौविसे-नागढुंगा सडकको काम अन्तिम चरणमा पुगेको छ । हालसम्म ८५ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ । नौविसे नागढुंगा सडक खण्ड आयोजनाका प्रमुख केशवप्रसाद ओझाकाअनुसार नौविसे नागढुंगा सडक खण्ड अन्तर्गत पहिलो प्याकेजमा १२.५ किलोमिटर सडक र दुईवटा पुल निर्माण गर्नुपर्ने थियो ।

सोही बमोजिम आयोजनाले धेरै काम सम्पन्न गरी सकेको छ । आयोजनाले अबको ३५ दिनभित्र तेस्रो तहको कालोपत्रे र खानीखोलामा आकाशे पुल निर्माण गनुपर्नेछ । अन्तिम तहको कालोपत्रेको काम सकिएपछि सडक सुरक्षाका मापदण्ड तथा रंगरोगनको काम सुरु गरिने आयोजनाले जनाएको छ । फागुन २१ मा प्रतिनिधिसभा निर्वाचन र त्यसअघि होली पर्वका कारण काम केही प्रभावित हुन सक्ने आयोजनाको भनाइ छ ।

आकाशे पुल निर्माण हुने खानीखोला क्षेत्रमा रहेको टहरा विवादका कारणले पनि केही समय निर्माणमा ढिलाई भएको छ । आकाशे पुल निर्माण लगायत मुख्य कामहरु ३५ दिनभित्र सक्ने आयोजनाको दाबी छ । सडक निर्माण स्थानीय वासिन्दासँग जोडिएको विषय भएकाले सडक निर्माणको क्रममा एउटै विषयमा समाज विभक्त हुँदा निर्माणमा समस्या हुँदै आएको छ ।

अकाशे पुल निर्माणका लागि अधिकांश स्थानीयलाई सार्ने काम सकिएकाले पनि कामले  गति लिने विश्वास आयोजनाले लिएको छ । सगुन कन्टक्सनका प्रवन्ध निर्देशक शहदेव खड्का निर्वाचनका कारणले निर्माणमा केही ढिलाई हुने बताउँछन् । यसअघि सडकमा रहेका विद्युत पोलका कारण पनि निर्माण कार्य प्रभावित हुँदै आएको थियो । २०७९ बाट निर्माण सुरु गरिएको आयोजना तीन वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

सम्बन्धित समाचार

गोरखा–२ मा कांग्रेस उम्मेदवार दवाडीको प्रतिवद्धता : सांसद सम्पर्क कार्यालय स्थापनादेखि युवालाई रोजगारमा जोड्नेसम्म
गोरखा–२ मा कांग्रेस उम्मेदवार दवाडीको प्रतिवद्धता : सांसद सम्पर्क कार्यालय स्थापनादेखि युवालाई रोजगारमा जोड्नेसम्म
  • २०८२ फाल्गुन १३, ११: ४९

गोरखा : नेपाली कांग्रेस गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रकाशचन्द्र दवाडीले गोरखा–२ को विकासका लागि आफ्नो प्रतिवद्धता...

एकीकृत सुरक्षा योजनाअनुसार निर्वाचन सुरक्षा व्यवस्थापन गर्दै सेना
एकीकृत सुरक्षा योजनाअनुसार निर्वाचन सुरक्षा व्यवस्थापन गर्दै सेना
  • २०८२ फाल्गुन १३, ११: ४९

काठमाडौं : नेपाली सेनाले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन पूर्व, निर्वाचनका बेला र निर्वाचनपश्चात् गरी...

नेपाली कांग्रेसको नयाँ नेतृत्वले नयाँ दिशा लिएको छ : विमलेन्द्र निधि
नेपाली कांग्रेसको नयाँ नेतृत्वले नयाँ दिशा लिएको छ : विमलेन्द्र निधि
  • २०८२ फाल्गुन १३, ११: ४९

जनकपुर : नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले कांग्रेसको नयाँ नेतृत्वले राम्रो दिशा लिएको बताएका छन् । धनुषा क्षेत्र नम्बर ३...