
काठमाडौं : प्रतिनिधिसभा सदस्यको आज सम्पन्न निर्वाचनमा काठमाडौं जिल्लामा ६० देखि ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ ।
काठमाडौंका मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले अपराह्न ५ बजेसम्म सबै केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भइसकेको र करिब ६०–६५ प्रतिशत मत खसेको अनुमान गरिएको जानकारी दिए ।
खसेको मतको एकिन हुन केही समय लाग्ने उनको भनाइ छ । मुख्य निर्वाचन अधिकृत खड्काले अबको करिब दुई घण्टामा सबै मतपेटिका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा संकलन गर्ने र त्यसपछि गणना प्रक्रिया प्रारम्भ गरिने जानकारी दिए ।
काठमाडौं । आजदेखि देशका ७५३ वटै स्थानीय तहले विभिन्न कार्यक्रमका साथ ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सञ्चालन गर्ने भएका छन् । राष्ट्रिय...
काठमाडौं : आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदै छ । त्यसका लागि देशभर नै गणक तथा आवश्यक सुपरीवेक्षक सम्बन्धित क्षेत्रमा...
काठमाडौँ।काठमाडौं उपत्यकामा आजदेखि रात्रिकालीन बस सेवा सुरू गरिएको छ। साझा यातायातले राति ८ बजेदेखि ११ बजेसम्म दुई रूटमा सेवा सञ्चालन...