अख्तियारले एक्सन लिंदा एमालेमा रुवाबासी – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

अख्तियारले एक्सन लिंदा एमालेमा रुवाबासी

काठमाडौं । प्रतिनीधिसभा र प्रदेश सभा चुनावको संघारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारवाही बढाएपछि एमालेभित्र खैलाबैला मच्चिएको छ । त्यसको मुख्य कारण भनेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एमालेकी पूर्व ऊर्जामन्त्री राधा ज्ञवालीलाई बयानका लागि बोलाएका कारण एमालेमा अझ बिषेश गरि केपी ओली समुहमा खैलाबैला मच्चिएको हो ।
ज्ञवालीलाई ट्रान्सफर्मर खरिद प्रकरण लगायतका विषयमा छानविनका लागि अख्तियारले बोलाएको बताइएको छ । ज्ञवाली उर्जामन्त्री हुँदा विद्युत प्राधिकरणको कार्यकारी निर्देशक मुकेशराज काफ्ले थिए । काफ्लेलाई काम गर्ने मौका नै नदिकन मन्त्रालयमा हाजिर गराउँदै ट्रान्सफर्मर खरिद प्रकरण अगाडि बढाएकी थिइन् ।

मन्त्री ज्ञावली कांग्रेसका तत्कालिन सभापति सुशील कोइराला नेतृत्वको सरकारमा उर्जामन्त्री थिइन् । ट्रान्सफर्मर खरिद प्रकरणमा मुछिएपछि सुशील कोइरालाले मन्त्री ज्ञावलीलाई बर्खास्त गरेका थिए ।
सोलु कोरिडोरको टेण्डर प्रक्रियामा अनियमितताको आरोप लागेकी पूर्वमन्त्री ज्ञवालीले विद्युत प्राधिकरण सञ्चालक समितिको अध्यक्ष हुँदै नभएको दरबन्दी सिर्जना गरी हुमबहादुर के.सी.लाई निर्देशक बनाई आर्थिक चलखेल गरेको प्राधिकरणका जानकारहरुले बताएका छन् । प्राधिकरणमा सामान्यतः उर्जासचिव बोर्ड अध्यक्ष रहने व्यवस्था छ ।

एमाले अध्यक्ष केपी ओली निकट मानिने ज्ञवालीले ओलीलाई महिनावारी मोटो रकम बुझाउनु पर्ने बाध्यकारी अवस्था रहेको कारण ज्ञवालीले प्रक्रिया विपरीत आर्थिक चलखेल गर्ने गरेको सम्वद्ध स्रोतले बताएको छ ।
उर्जा मन्त्रालयमा ब्रम्हलुट गर्नकै लागि पूर्वमन्त्री ज्ञवालीले राजेन्द्र किशोर क्षत्रीलाई उर्जासचिव बनाएर ल्याएकी थिइन् । हाल क्षत्री पनि बयानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग धाइरहेका छन् । क्षेत्रीको बयान सकिएसंगै पूर्वमन्त्री ज्ञावलीलाई अख्तियारले बयानका लागि बोलाउने तयारी गरेपछि एमालेमा खैलाबैला मच्चिएको हो ।
नेपालको इतिहासमा पूर्वमन्त्री ज्ञवालीको कार्यकालमा सबैभन्दा बढी १८ घण्टासम्म लोडसेडिङ्ग भै जनता अन्धकारमा बस्न बाध्य भएका थिए । सिन्धुपाल्चोक र अन्य वितरण केन्द्रका सातवटा ट्रान्सफर्मर परीक्षण गर्दा तामाको तारको सट्टा आल्मुनियम भेटिएपछि हुवेईका ट्रान्सफर्मर नक्कली भएको पत्ता लागेको थियो ।

 

सम्बन्धित समाचार

संसद्का दुवै सदनको बैठक बस्दै
संसद्का दुवै सदनको बैठक बस्दै
  • २०७४ कार्तिक २७, ०९: २७

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो...

संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
  • २०७४ कार्तिक २७, ०९: २७

काठमाडौं : संघीय संसद्का दुवै सदनको बैठक बुधबार छुट्टाछुट्टै बस्ने भएको छ। संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११...

भारतले नेपाललाई दियो १० वटा कैदी बोक्ने ट्रक
भारतले नेपाललाई दियो १० वटा कैदी बोक्ने ट्रक
  • २०७४ कार्तिक २७, ०९: २७

वीरगञ्ज : भारत सरकारले नेपाललाई १० वटा कैदी बोक्ने ट्रक हस्तान्तरण गरेको छ । भारतका वीरगञ्जस्थित महावाणिज्यदूत देवी सहाय मीणाले...