कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै – Naya Bikalpa
April 21, 2026, Tuesday      Epaper

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै


काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्दै छ।

कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार दिउँसो १ बजे पार्टी कार्यालयमा केन्द्रीय कार्यसमिति बैठक बस्ने तय भएको छ।

‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०८२ चैत्र १० गते मंगलबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी. नगर ललितपुरमा बस्ने भएको छ। उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,’ उनले निकालेको सूचनामा उल्लेख छ।

कांग्रेस नेताहरूका अनुसार १५ औं महाधिवेशन मितिलगायत विषयमा छलफल केन्द्रित रहनेछ। आइतबारको केन्द्रीय समिति बैठकले अब नियमित १५ औं महाधिवेशनका लागि केन्द्रित हुने निष्कर्ष निकालेको थियो।

फागुन २१ को चुनावको समीक्षा र चुनावी हारको पराजयलाई लिएर सभापतिबाट गगन थापाले दिएको राजीनामा बारे उक्त केन्द्रीय समितिमा छलफल भई थापाको राजीनामा अस्वीकृत भएको थियो।

थापाको राजीनामा अस्वीकृत भएपछि पुनः केन्द्रीय समिति बैठक बोलाइएको हो।

सम्बन्धित समाचार

प्रधानमन्त्री बालेनको योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानसँग छलफल
प्रधानमन्त्री बालेनको योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानसँग छलफल
  • २०८२ चैत्र १०, ०७: ३०

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले अर्थमन्त्रीसहित राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीहरूसँग उच्चस्तरीय छलफल सुरु गरेका छन्। सिंहदरबारस्थित...

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा
सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा
  • २०८२ चैत्र १०, ०७: ३०

सिरहा : सिरहा कारागारभित्र पुनः विवाद उत्पन्न भएपछि प्रहरीले २२ जना कैदीबन्दीलाई नियन्त्रणमा लिएको छ । कारागारको आन्तरिक प्रशासन कब्जा...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
  • २०८२ चैत्र १०, ०७: ३०

काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार तीन सय रुपैयाँले बढेर तीन...