
काठमाडौं। यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) यही चैत १९ गतेदेखि सञ्चालन हुँदैछ।२१ फागुनमा भएको निर्वाचनको कारण यस वर्ष एसईई १२ दिनपछि सरेको हो। गत वर्ष चैत ७ देखि नै एसईई सुरु भएको थियो।यस वर्ष ५ लाख १० हजार विद्यार्थी एसईई परीक्षामा सामेल हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। गत वर्ष ५ लाख १४ हजार ७१ विद्यार्थीले एसईई दिएका थिए।यस वर्ष गत वर्षको तुलनामा ४ हजार विद्यार्थी घटेका राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिए।
यस वर्ष एसईईमा सहभागी हुने विद्यार्थीमध्ये ६३ हजार एक्जाम्टेड छन्। यस वर्ष जापानबाट २३ जना विद्यार्थीले एसईई दिने भएका छन्। यस वर्ष कुल परीक्षार्थीमध्ये दुई लाख ५७ हजार ५२७ छात्रा र दुई लाख ५२ हजार ४३४ छात्र छन्।राष्ट्रिय परीक्षा बोर्डले एसईईको प्रश्नपत्र ७७ वटै जिल्लामा पुगेको जनाएको छ। एसईई सञ्चालनका लागि १९ सय ९१ परीक्षा केन्द्र निर्धारण गरिएको छ। सबै जिल्लाका जिल्ला प्रहरी कार्यालयमा प्रश्नपत्र र उत्तरपुस्तिका पुर्याइएको बोर्डले जनाएको छ।
१९ चैतदेखि २९ चैतसम्म बिहान ८ बजेदेखि परीक्षा सञ्चालन हुनेछ। परीक्षालाई व्यवस्थित र सुरक्षित बनाउन नेपाल प्रहरीले देशभर करिब १२ हजार पाँच सय सुरक्षाकर्मी खटाउनेछ।
पहिलो दिन १९ चैतमा अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ। त्यसैगरि २० चैतमा अनिवार्य नेपाली, २२ चैतमा अनिवार्य गणित, २३ चैतमा संस्कृति तथा वेद विद्याश्रमतर्फका विषयको परीक्षा सञ्चालन हुनेछ । त्यस्तै, २४, २५, २६, २७, २८ र २९ चैतमा प्राविधिक धारतर्फका पुरानो र नयाँ पाठ्यक्रममा आधारित विषयको परीक्षा सञ्चालन हुने बोर्डको परीक्षा तालिकामा उल्लेख छ।
काठमाडौं : नेपाली कांग्रेसले पार्टीका सांसददेखि वडा सदस्यसम्मका सबै निर्वाचित जनप्रतिनिधि र पार्टीका विभिन्न तहका पदाधिकारीहरूलाई अनिवार्य रूपमा क्रियाशील सदस्यता...
काठमाडौं : विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा थुनामा रहेका व्यवसायीहरु दीपक भट्ट र सुलभ अग्रवाललाई आठौं पटक थप गरेको छ ।...
नेपाल भारत धार्मिक तथा सांस्कृतिक क्षेत्रमा सदिँयौदेखि निरन्तर चल्दै आएको आपसी सम्बन्ध र धार्मिक अनुष्ठानका कार्यक्रमहरु हिन्दु धर्मावलम्बीहरुका लागि उच्च...