
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले चैत १३ गते प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।
शपथ ग्रहण कार्यक्रम शुक्रबार मध्याह्न १२ः३४ बजेका लागि तय गरिएको छ । समारोहलाई विशेष बनाउने तयारीस्वरूप ७ वटा शंखबाट शंखनाद गरिनेछ भने १०८ जना बटुकले स्वस्ति वाचन गर्ने कार्यक्रम राखिएको छ । साथै, १६ जना बौद्ध भिक्षुबाट अष्टमंगल पाठ गरिने जनाइएको छ ।
रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार धार्मिक तथा सांस्कृतिक विधिअनुसार शपथ समारोहलाई भव्य बनाउने तयारी गरिएको हो ।
शपथ लिएलगत्तै बालेनले दिउँसो २ः१५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदभार ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ ।
फागुन २१ मा सम्पन्न निर्वाचनमा रास्वपाले झन्डै दुईतिहाइ सिट जितेपछि अब उसले एकल सरकार गठन गर्ने भएको छ ।
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५...
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ । राखेपको कार्यकारी समितिको मिति...
काठमाडौँ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने भएका छन् ।शुक्रबार मध्याह्न १२:३४...