युद्धविरामका लागि अमेरिकाले इरानलाई युद्धविरामका लागि प्रस्ताव पठायो – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

युद्धविरामका लागि अमेरिकाले इरानलाई युद्धविरामका लागि प्रस्ताव पठायो

काठमाडौँ । अमेरिकाले इरानलाई युद्बविरामका लागि १५ बुँदे प्रस्ताव पठाएको छ।यही साताको सुरूवातमा अमेरिकाले मध्यस्थकर्तामार्फत इरानलाई युद्धविरामका लागि १५ बुँदे प्रस्ताव पठाएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
युद्धविरामका लागि अमेरिकी प्रस्तावमा इरानले कहिल्यै परमाणु हतियार नबनाउने, तीन ठूला परमाणु भट्टीहरूस फर्दो, नतान्ज र इस्फहान बन्द गर्ने, समृद्ध गरिएका युरेनियम अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी ९आइएईए०लाई बुझाउने लगायत उल्लेख छ।त्यस्तै इरानको ब्यालिस्टिक मिसाइल कार्यक्रम सीमित गर्ने, हर्मुज समुद्री मार्ग पूर्ण रूपमा खुला गर्ने लगायतका सर्त रहेको अमेरिकी पत्रिका फरेन पोलिसीले जनाएको छ।इरानले इसराइलमाथि घेराबन्दी गर्न लेबननमा हिजबुल्लाह, यमनमा हुथी, प्यालेस्टाइनमा हमासलाई पैसा र हतियार दिँदै आएको छ।अमेरिकाले यो कार्य पनि पूर्ण रूपमा बन्द गर्नुपर्ने प्रस्ताव अघि सारेको छ।

अमेरिकी प्रस्ताव स्वीकार गरेको खण्डमा अमेरिकाले इरानमाथिको सबै अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाउने, नागरिक परमाणु ऊर्जा सम्बन्धी कार्यक्रमलाई सहयोग र सो कार्यक्रमलाई अन्तर्राष्ट्रिय रूपमा निगरानी राखिने भनेर फरेन पोलिसीले लेखेको छ।अमेरिकाले भने यो इरानलाई पठाएको प्रस्ताव सार्वजनिक गरेको छैन।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताका लागि इरान तयार भएको बताए।‘परमाणु हतियार बनाउन रोक्ने विषयमा इरान सहमत छ। उनीहरू सम्झौता गर्न चाहन्छन्। तर आलोचना हुने डरले बाहिर भनेका छैनन्’ ट्रम्पले भनेका छन्।

यद्यपि इरानले अमेरिकी प्रस्ताव पाएको चौबीस घन्टामै अस्वीकार गरिदिएको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था एसोसियटेड प्रेसले जनाएको छ।उसले अमेरिकाको प्रस्तावमा काउन्टर प्रस्ताव तयार गरेको एपीले जनाएको छ।
इरानले अमेरिकाले फेरि आक्रमण नगर्ने ग्यारेन्टी बाहेक अमेरिकाले इरानमा आक्रमण गरेको क्षतिपूर्ति तिर्नुपर्ने, खाडी क्षेत्रका विभिन्न देशमा रहेका अमेरिकी सेना फिर्ता लानुपर्ने र ‘स्ट्रेट अफ हर्मुज’ प्रयोग गरेबापत इरानलाई जहाजहरूले शुल्क तिर्नुपर्ने लगायत सर्त पनि राखेको अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलले जनाएको छ।

त्यसबाहेक इसराइलले लेबननमा रहेको इरान संचालित हिजबुल्लाह समूहलाई प्रहार गर्न बन्द गर्नु पर्ने र आफ्नो मिसाइल कार्यक्रम पनि बिना कुनै सर्त संचालन गर्नु पाउनु पर्ने भनेको छ।

सम्बन्धित समाचार

अमेरिका–इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा
अमेरिका–इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा
  • २०८२ चैत्र १२, १९: १७

एजेन्सी : अमेरिकी राष्ट्रपति कार्यालयले इरानसँग भइरहेको सम्भावित सम्झौताबारे अन्तिम निर्णय आउन अझै केही दिन लाग्न सक्ने जनाएको छ ।...

कंगोमा इबोला संक्रमण तीव्र रूपमा फैलिँदै: ९०० भन्दा बढी केस, ११९ को मृत्यु
कंगोमा इबोला संक्रमण तीव्र रूपमा फैलिँदै: ९०० भन्दा बढी केस, ११९ को मृत्यु
  • २०८२ चैत्र १२, १९: १७

काठमाडौँ । अफ्रिकी देश कंगोमा Ebola virus disease को प्रकोप तीव्र गतिमा फैलिँदै गएको छ । देशको पूर्वी क्षेत्रमा देखिएको...

ह्वाइट हाउस बाहिर गोली चल्दा एक जनाको मृत्यु
ह्वाइट हाउस बाहिर गोली चल्दा एक जनाको मृत्यु
  • २०८२ चैत्र १२, १९: १७

काठमाडौँ । अमेरिकी राष्ट्रपतिको सरकारी निवास ‘ह्वाइट हाउस’ बाहिर गोली चलेको छ ।गोली चलाउने एक संदिग्ध बन्दुकधारी अमेरिकी गुप्तचर निकाय...