अमेरिकाद्धारा नेपालका लागि ट्राभल एड्भाइजरी जारी – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

अमेरिकाद्धारा नेपालका लागि ट्राभल एड्भाइजरी जारी

काठमाडौँ।अमेरिकाले नेपाल यात्रा गर्ने आफ्ना नागरिकका लागि ट्राभल एड्भाइजरी अद्यावधिक गर्दै थप सतर्कता अपनाउन आग्रह गरेको छ ।३१ मार्चमा अद्यावधिक गरिएको एभाइजरी लेभल घटाएर २ मा झारिएको छ । लेभल–२ ले थप सावधानी अपनाउनुपर्ने संकेत गर्छ ।
गत भदौमा भएको जेनजी आन्दोलनलगायतका घटनापछि कडाइ गरिएको ट्राभल एड्भाइजरी हाल घटाइएको हो ।एड्भाइजरी अनुसार, सेप्टेम्बर २०२५ देखि सुरु भएका देशव्यापी प्रदर्शनहरू अहिले रोकिएका छन् र सुरक्षा अवस्था सामान्यतर्फ फर्किएको छ । तर, विशेषगरी सहर क्षेत्रमा प्रदर्शन तथा स्थानीय अशान्ति अझै हुन सक्ने चेतावनी दिइएको छ
एड्भाइजरीमा प्रदर्शनहरू बिनापूर्वसूचना सुरु हुन सक्ने र केही अवस्थामा हिंसात्मक बन्न सक्ने उल्लेख गर्दै नागरिकलाई भीडभाडबाट टाढा रहन र स्थानीय प्रशासनको निर्देशन पालना गर्न आग्रह गरिएको छ ।

सम्बन्धित समाचार

अमेरिका–इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा
अमेरिका–इरान वार्ता अन्तिम चरणमा, सहमतिको प्रतीक्षा
  • २०८२ चैत्र १८, १८: ४०

एजेन्सी : अमेरिकी राष्ट्रपति कार्यालयले इरानसँग भइरहेको सम्भावित सम्झौताबारे अन्तिम निर्णय आउन अझै केही दिन लाग्न सक्ने जनाएको छ ।...

कंगोमा इबोला संक्रमण तीव्र रूपमा फैलिँदै: ९०० भन्दा बढी केस, ११९ को मृत्यु
कंगोमा इबोला संक्रमण तीव्र रूपमा फैलिँदै: ९०० भन्दा बढी केस, ११९ को मृत्यु
  • २०८२ चैत्र १८, १८: ४०

काठमाडौँ । अफ्रिकी देश कंगोमा Ebola virus disease को प्रकोप तीव्र गतिमा फैलिँदै गएको छ । देशको पूर्वी क्षेत्रमा देखिएको...

ह्वाइट हाउस बाहिर गोली चल्दा एक जनाको मृत्यु
ह्वाइट हाउस बाहिर गोली चल्दा एक जनाको मृत्यु
  • २०८२ चैत्र १८, १८: ४०

काठमाडौँ । अमेरिकी राष्ट्रपतिको सरकारी निवास ‘ह्वाइट हाउस’ बाहिर गोली चलेको छ ।गोली चलाउने एक संदिग्ध बन्दुकधारी अमेरिकी गुप्तचर निकाय...