धर्मेन्द्र झाको यात्रा संस्मरण ‘जगन्मुक्ति’ बागलुङमा लोकार्पण – Naya Bikalpa
April 11, 2026, Saturday      Epaper

धर्मेन्द्र झाको यात्रा संस्मरण ‘जगन्मुक्ति’ बागलुङमा लोकार्पण

बागलुङ : पत्रकार तथा साहित्यकार धर्मेन्द्र झाको नयाँ यात्रा संस्मरण पुस्तक ‘जगन्मुक्ति’ सार्वजनिक गरिएको छ। बागलुङ मिडिया मेला–२०८२ को अवसरमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पुस्तकको लोकार्पण गरेका हुन्।

‘धर्मेन्द्र विह्वल’ नामले साहित्यिक क्षेत्रमा परिचित झाको यो कृतिमा मुस्ताङस्थित मुक्तिनाथदेखि भारतको समुद्र तटमा रहेको जगन्नाथसम्मको यात्राको अनुभव समेटिएको छ। पुस्तकले हिन्दु र बौद्ध धर्मावलम्बीका साझा आस्थास्थल मुक्तिनाथ र जगन्नाथबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई उजागर गर्ने प्रयास गरेको छ।

लेखक झाका अनुसार मुक्तिनाथका विषयमा मैथिली भाषामा प्रकाशित यो पहिलो पुस्तक हो। उनले मैथिली भाषी पाठकलाई मुक्तिनाथको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बुझ्न यो कृति उपयोगी हुने विश्वास व्यक्त गरेका छन्। पछिल्लो समय मुक्तिनाथ दर्शन गर्न जाने मैथिली भाषी भक्तजनको संख्या बढ्दै गएको उल्लेख गर्दै उनले शालिग्राम पूजा र मुक्तिनाथबीचको सम्बन्धलाई पनि पुस्तकमा समेटेका छन्।

१०२ पृष्ठमा फैलिएको ‘जगन्मुक्ति’ तीन खण्डमा विभाजित छ। पहिलो खण्ड ‘हिमालय पार वसल मुक्तिनाथ’, दोस्रो ‘समुद्र तटमे रहल जगन्नाथ’ र तेस्रो ‘कालीदर्शन आ महाकुम्भमे सहभागिता’ शीर्षकमा केन्द्रित छ। पुस्तकमा यात्राका क्रममा देखिएका विविध दृश्य र तस्बिरहरू समेत समावेश गरिएको छ।

नेपाल पत्रकार महासंघ बागलुङ शाखाद्वारा आयोजित मिडिया मेलाको उद्घाटन समारोहकै अवसरमा पुस्तक सार्वजनिक गरिएको हो।

पूर्वकेन्द्रीय अध्यक्षसमेत रहेका झा राष्ट्रिय समाचार समिति (रासस) का निवर्तमान अध्यक्ष हुन्। उनी अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे) का पूर्व वैकल्पिक सल्लाहकार तथा नेपाल प्रेस युनियनका केन्द्रीय सल्लाहकारका रूपमा पनि सक्रिय रहँदै आएका छन्।

यसअघि उनका ‘रस्ता तकैत जिनगी’, ‘एक सृष्टि एक कविता’, ‘एक समयक बात’, ‘शहरक भीडमे एसगर हम’, ‘व्योमक ओहि पार’, ‘मिथिला मिथक’, ‘नेपालीय मैथिली छापा पत्रकारिताको इतिहास’, ‘भ्रमरका उत्कृष्ट नाटकहरू’ (अनुवाद) र ‘गोनु झाका कथाहरू’ लगायत कृतिहरू प्रकाशित भइसकेका छन्।

सम्बन्धित समाचार

गौरीबहादुर कार्की आयोगको प्रतिवेदन नेकपा संयुक्तद्धारा अस्वीकार
गौरीबहादुर कार्की आयोगको प्रतिवेदन नेकपा संयुक्तद्धारा अस्वीकार
  • २०८२ चैत्र २२, १२: ३०

काठमाडौँ : नेकपा संयुक्तले भदौ २३ र २४ गतेको घटनामा गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अस्वीकार गरेको छ । पूर्व न्यायाधीश...

जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी
जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी
  • २०८२ चैत्र २२, १२: ३०

काठमाडौंः नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले जनताले लामो संघर्ष र बलिदानबाट प्राप्त गरेका अधिकारहरूमाथि छेडखानी गरे सदन...

गृहमन्त्रीद्वारा नागढुङ्गा–मुग्लिङ सडक अनुगमन : काममा ढिलासुस्ती भए ब्ल्याक लिस्टमा राखिने चेतावनी
गृहमन्त्रीद्वारा नागढुङ्गा–मुग्लिङ सडक अनुगमन : काममा ढिलासुस्ती भए ब्ल्याक लिस्टमा राखिने चेतावनी
  • २०८२ चैत्र २२, १२: ३०

काठमाडौंः गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नागढुङ्गा–मुग्लिङ सडक सुधार आयोजनाको स्थलगत अनुगमन गरेका छन् । अनुगमनका क्रममा...