इरान-अमेरिका वार्ता निष्कर्षविहीन, कुनै सम्झौता नगरी फर्कियो अमेरिकी टोली – Naya Bikalpa
April 12, 2026, Sunday      Epaper

इरान-अमेरिका वार्ता निष्कर्षविहीन, कुनै सम्झौता नगरी फर्कियो अमेरिकी टोली

काठमाडौँ : इरान र अमेरिकाबीच पहिलो दिन करिब १४ घण्टासम्म वार्ता भएको छ । पाकिस्तानको राजधानी इस्लामाबादमा भएको यस युद्धविरामसम्बन्धी वार्ता दुई चरणमा सम्पन्न भएको हो ।

इरानी सरकारले जनाएअनुसार पहिलो चरणको वार्ता हालका लागि रोकिएको छ । दुवै देशका टोलीहरूले आपसमा मस्यौदा र आवश्यक कागजातहरू आदानप्रदान गरेका छन् ।

केही मुद्दाहरूमा अझै मतभेद बाँकी रहे पनि वार्ता पूर्ण रूपमा रोकिएको भने छैन । पाकिस्तानको प्रस्तावमा दुवै पक्ष सहमत भएका छन् कि आइतबार वार्ताको अर्को चरण फेरि सुरु गरिनेछ ।

इरानी सरकारले पनि केही मतभेदहरू बाँकी रहे तापनि वार्ता अघि बढिरहेको स्पष्ट पारेको छ । मिडिया रिपोर्टअनुसार बैठकमा विज्ञहरूले सुरक्षा, राजनीति, सेना, अर्थतन्त्र र कानूनसँग सम्बन्धित विषयहरूमा छलफल गरेका थिए ।

अमेरिकाको तर्फबाट उपराष्ट्रपति जेडी भेन्स र इरानको तर्फबाट संसदका सभामुख मोहम्मद बाघेर गालिबाफले नेतृत्व गरेका थिए ।

इरानले लेबनानमा इजरायलका आक्रमणहरू तत्काल रोक्न माग गरेको छ । सन् १९७९ को इस्लामिक क्रान्तिपछि पहिलो पटक यति उच्च तहमा दुवै देशका नेताहरूबीच आमनेसामने वार्ता भएको हो ।

यसअघि इरानले चेतावनी दिएको थियो कि यदि इस्लामाबादमा भइरहेको वार्ता कुनै निष्कर्षमा पुग्न सकेन भने त्यसको दोष इजरायललाई मात्र दिन मिल्दैन ।

इजरायल र अमेरिकाका निर्णयहरू आपसमा जोडिएकाले वार्ता असफल भए त्यसको जिम्मेवारी अमेरिकामाथि पनि पर्ने इरानको धारणा रहेको छ ।

अमेरिकी उपराष्ट्रपति  भान्सले वार्ता असफल अमेरिका भन्दा धेरै इरानका लागि खराब खवर भएको बताएका छन् ।

लामो दिनसम्म चलेको वार्तापछि आयोजित पत्रकार सम्मेलनमा भान्सले भने, “खराब खबर यो हो कि हामी कुनै सम्झौतामा पुग्न सकेनौं। र मलाई लाग्छ, यो अमेरिका भन्दा धेरै इरानका लागि खराब खबर हो ।”

इरानसँग कुनै सम्झौता नभएपछि पाकिस्तानको इस्लामाबादबाट अमेरिका फर्किन प्रस्थान गरेका छन् । उनी एयर फोर्स टु विमानमार्फत अमेरिका फर्किरहेका छन्।

सम्बन्धित समाचार

प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ?
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ?
  • २०८२ चैत्र २९, ११: ५४

काठमाडौं : प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित...

गृहमन्त्री गुरुङको सम्पत्ति : ८९ तोला सुन, करोडौंको सेयर
गृहमन्त्री गुरुङको सम्पत्ति : ८९ तोला सुन, करोडौंको सेयर
  • २०८२ चैत्र २९, ११: ५४

काठमाडौं : गृहमन्त्री सुधन गुरुङको सम्पत्ति विवरण सार्वजनिक भएको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार गुरुङसँग...

प्रधानमन्त्री बालेनसँग बैंक ब्यालेन्स १ करोड ४६ लाख
प्रधानमन्त्री बालेनसँग बैंक ब्यालेन्स १ करोड ४६ लाख
  • २०८२ चैत्र २९, ११: ५४

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार साँझ प्रधानमन्त्री शाहसहित मन्त्रिपरिषद्का...