भारतको सहयोगमा ८ जिल्लाका १४ विद्यालय र्निर्माण हुने – Naya Bikalpa
May 28, 2026, Thursday      Epaper

भारतको सहयोगमा ८ जिल्लाका १४ विद्यालय र्निर्माण हुने


काठमाडौं : भारत सरकारको अनुदान सहयोगअन्तर्गत नेपालका ८ जिल्लामा १४ वटा विद्यालय निर्माणका लागि ठेक्का सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।

शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) ले गोरखा, नुवाकोट, धादिङ, दोलखा, काठमाडौं, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोक जिल्लामा निर्माण गरिने विद्यालयका लागि ठेकेदार कम्पनीहरूसँग सम्झौता गरेको हो ।

भारतीय राजदूतावासका अनुसार यी विद्यालयहरू भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण सहायता कार्यक्रम अन्तर्गत नेरु ५६ करोड २ लाख रुपैयाँको अनुदान सहयोगमा निर्माण हुनेछन् ।

सम्झौता हस्ताक्षर कार्यक्रममा भारतीय राजदूतावासका विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका काउन्सलर, केन्द्रीय आयोजना कार्यान्वयन इकाईका आयोजना निर्देशक, इकाईका अधिकारीहरू तथा ठेकेदार कम्पनीका प्रतिनिधिहरू सहभागी थिए ।

निर्माण गरिने विद्यालयहरू नेपाल सरकारको भूकम्प प्रतिरोधी पुनर्निर्माण मापदण्डअनुसार तयार गरिने जनाइएको छ । विद्यालय भवनमा फर्निचरसहितका कक्षाकोठा तथा छात्र र छात्राका लागि छुट्टाछुट्टै शौचालय संरचना रहनेछन् ।

यसअघि भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोग अन्तर्गत ८ जिल्लामा ७० वटा विद्यालय तथा त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय निर्माण सम्पन्न भई सन् २०२४ जनवरीमा नेपाल सरकारलाई हस्तान्तरण गरिसकिएको भारतीय पक्षले जनाएको छ ।

भारत सरकारले भूकम्पपछिका पुनर्निर्माण परियोजना तथा नेपालको सामाजिक–आर्थिक विकासका क्षेत्रमा नेपाल सरकारसँग निरन्तर सहकार्य जारी राख्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

सम्बन्धित समाचार

बकर इद मनाइँदै
बकर इद मनाइँदै
  • २०८३ जेष्ठ १४, ०७: ५०

काठमाडौं : मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाउँदै छ। इदुल फित्र अर्थात् रमजान...

जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
  • २०८३ जेष्ठ १४, ०७: ५०

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन...

सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
  • २०८३ जेष्ठ १४, ०७: ५०

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...