नेपाल थारू संघको अध्यक्षमा शिवनारायण महतो गुरौ सर्वसम्मत – Naya Bikalpa
June 1, 2026, Monday      Epaper

नेपाल थारू संघको अध्यक्षमा शिवनारायण महतो गुरौ सर्वसम्मत


काठमाडौं : नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल थारू संघको अध्यक्षमा शिवनारायण महतो गुरौ निर्वाचित भएका छन्।

सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा भएको थारू संघको प्रथम महाधिवेशन नयाँ कार्यसमिति चयन गर्दै आइतबार सकिएको हो।

चितवनका गुरौलाई यसअघि तत्कालीन सभापति शेरबहादुर देउवाले थारू संघको तदर्थ समिति अध्यक्ष मनोनीत गरेका थिए।

संघको उपाध्यक्षमा उदयपुरका भोगेन्द्रप्रसाद चौधरी निर्वाचित भए भने महामन्त्रीमा बाँकेका फूलाराम चौधरी निर्वाचित भए। सहमहामन्त्रीमा नवलपरासीका राधेश्याम चौधरी चयन भए।

नेपाल थारू संघ नेपाली कांग्रेसको नयाँ भ्रातृ संस्था हो। कांग्रेसमा १३ वटा भ्रातृ संस्था छन्।



सम्बन्धित समाचार

प्रतिनिधिसभा नियमावली २०८३ असंवैधानिक : नेपाली कांग्रेस
प्रतिनिधिसभा नियमावली २०८३ असंवैधानिक : नेपाली कांग्रेस
  • २०८३ जेष्ठ १८, ०८: २४

काठमाडौं : प्रतिनिधिसभाबाट आइतबार बहुमतको बलमा पारित गरिएको प्रतिनिधिसभा नियमावली, २०८३ प्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको...

कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश
कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश
  • २०८३ जेष्ठ १८, ०८: २४

काठमाडौं : विशेष अदालतले पूर्वसभामुख कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव...

विद्यार्थी नेता पक्राउ गरेकोप्रति कांग्रेसको आपत्ति, तत्काल रिहा गर्न माग
विद्यार्थी नेता पक्राउ गरेकोप्रति कांग्रेसको आपत्ति, तत्काल रिहा गर्न माग
  • २०८३ जेष्ठ १८, ०८: २४

काठमाडौं : नेपाली कांग्रेसले सीमा समस्याका सम्बन्धमा प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्तिको विरोध गर्ने नेपाल विद्यार्थी संघ (नेविसंघ) का...