भारतले नेपाल प्रहरीलाई दियो ७ हजारभन्दा बढी सुरक्षात्मक हेल्मेट – Naya Bikalpa
June 6, 2026, Saturday      Epaper

भारतले नेपाल प्रहरीलाई दियो ७ हजारभन्दा बढी सुरक्षात्मक हेल्मेट


वीरगञ्ज : भारत सरकारले नेपाल प्रहरीलाई ७ हजारभन्दा बढी सुरक्षात्मक हेल्मेट हस्तान्तरण गरेको छ ।

वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मीनाले सोमबार आयोजित एक समारोहमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शान्ति राज कोइराला लाई उक्त हेल्मेटहरू औपचारिक रूपमा हस्तान्तरण गरेका हुन् ।

महावाणिज्य दूतावासका अनुसार हस्तान्तरण गरिएका हेल्मेटहरू नेपालका कानुन कार्यान्वयन निकायहरूले प्रयोग गर्नेछन् । यस सहयोगले नेपाल प्रहरी तथा अन्य सुरक्षा निकायहरूको कार्यसम्पादन क्षमता थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

कार्यक्रममा दुवै देशका सरकारी तथा सुरक्षा निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । भारतीय पक्षले नेपाल–भारतबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध तथा सुरक्षा सहयोगलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको जनाएको छ ।

भारतले विगतदेखि नै नेपालका सुरक्षा, स्वास्थ्य, शिक्षा तथा पूर्वाधार लगायत विभिन्न क्षेत्रमा सहयोग प्रदान गर्दै आएको छ ।

सम्बन्धित समाचार

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८३ जेष्ठ २३, ०७: १३

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५१...

सीमा विवादबारे रवि- संवादमार्फत टुंग्याउनुपर्छ, हल्ला गरेजस्तो ढोल बजाएर हुँदैन
सीमा विवादबारे रवि- संवादमार्फत टुंग्याउनुपर्छ, हल्ला गरेजस्तो ढोल बजाएर हुँदैन
  • २०८३ जेष्ठ २३, ०७: १३

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाल–भारत सीमा विवाद कूटनीतिक च्यानलमार्फत समाधान गरिने बताएका छन् । शुक्रबार...

रोकिएका आर्थिक सुधार अघि बढाइँदै, अलपत्र आयोजना टुंग्याउने सरकारको प्रतिबद्धता : अर्थमन्त्री वाग्ले
रोकिएका आर्थिक सुधार अघि बढाइँदै, अलपत्र आयोजना टुंग्याउने सरकारको प्रतिबद्धता : अर्थमन्त्री वाग्ले
  • २०८३ जेष्ठ २३, ०७: १३

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले लामो समयदेखि राजनीतिक इच्छाशक्ति र कानुनी व्यवस्थाको प्रभावकारी प्रयोग अभावमा रोकिएका आर्थिक तथा नीतिगत सुधारलाई...