परराष्ट्रमन्त्री खनालले भारत भ्रमणबारे राष्ट्रिय सभालाई गराए जानकारी – Naya Bikalpa
June 11, 2026, Thursday      Epaper

परराष्ट्रमन्त्री खनालले भारत भ्रमणबारे राष्ट्रिय सभालाई गराए जानकारी

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो भारत भ्रमणबारे राष्ट्रिय सभालाई जानकारी गराएका छन् । बिहीबारको सभाको बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले दुई दिने भारत भ्रमणको बारेमा जानकारी गराएका हुन् ।

मन्त्री खनालले भारत भ्रमणका क्रममा व्यापार, ऊर्जा, कनेक्टिभिटी, जलस्रोत, सीमा व्यवस्थापन, सुरक्षा तथा जनस्तरको सम्बन्ध विस्तारका विषयमा उच्चस्तरीय छलफल बताए । उनले नेपाल र भारतबीच तीन वटा संयुक्त घोषणा गरिएको उल्लेख गर्दै अन्तरदेशीय व्यक्ति–व्यक्ति डिजिटल भुक्तानी सेवा सञ्चालन, भारतको सहयोगमा पुनर्निर्मित स्वास्थ्य तथा सांस्कृतिक संरचनाको हस्तान्तरण तथा भाषा अनुवादसम्बन्धी डिजिटल पूर्वाधार विकासमा सहकार्य गर्ने घोषणा गरिएको बताए ।

उनले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग पनि भेटवार्ता भएको जानकारी दिँदै साझा सुरक्षा चासो, सीमा व्यवस्थापन र रणनीतिक सहकार्यका विषयमा छलफल भएको बताए ।

उनले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वतन्त्रता, स्वाधीनताको रक्षा र नेपाली नागरिकको सुरक्षा र हकहित संरक्षण लगायत समग्र राष्ट्रिय हितको प्रवर्धन विषयमा सरकार प्रतिबद्ध रहेको समेत जानकारी दिए ।

सम्बन्धित समाचार

दीपक भट्टसहित चार जना व्यवसायीविरुद्ध बैंकिङ कसुर मुद्दा
दीपक भट्टसहित चार जना व्यवसायीविरुद्ध बैंकिङ कसुर मुद्दा
  • २०८३ जेष्ठ २८, १४: ४५

काठमाडौं : उच्च अदालत पाटनमा व्यवसायी दीपक भट्टसहित चार जना व्यवसायीविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दा दायर भएको छ । सरकारी वकिल कार्यालयले...

नेपाल राष्ट्र बैंक विधेयक, २०८३ सर्वसम्मतिले स्वीकृत
नेपाल राष्ट्र बैंक विधेयक, २०८३ सर्वसम्मतिले स्वीकृत
  • २०८३ जेष्ठ २८, १४: ४५

काठमाडौँ : प्रतिनिधि सभाको आजको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत...

संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्रीसँग छलफल
संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्रीसँग छलफल
  • २०८३ जेष्ठ २८, १४: ४५

काठमाडौँ : प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र’ तयारी कार्यदलले आज पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल...