
काठमाडौँ : प्रतिनिधिसभा सदस्य निश्कल राईले सदनमा पेस भइसकेको आर्थिक विधेयकमा आफूखुसी करका दर हेरफेर गरेको भन्दै अर्थमन्त्रीमाथि प्रश्न उठाएका छन् ।
संसदमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्यय अनुमानमाथिको छलफलमा भाग लिँदै सांसद राईले अर्थमन्त्रीकै विगतको भनाइ सापटी लिएर करको दर फेर्ने कार्यलाई ‘राजद्रोह को संज्ञा दिएका हुन् ।
विगतमा विपक्षी बेन्चमा हुँदा वर्तमान अर्थमन्त्रीले नै करको दर हेरफेरलाई राजद्रोह भन्ने गरेको स्मरण गराउँदै राईले भने-‘अर्थमन्त्रीज्यूको कदम गैरकानुनी मात्र होइन,उहाँकै भाषामा भन्ने हो भने-उहाँ विपक्षी बेन्चमा हुँदै गर्दाखेरि भन्ने हो भने यो राजद्रोह सरह छ ।’
सांसद राईले विज्ञ अर्थमन्त्रीबाट आफूलाई धेरै आशा भए पनि बजेटले इलाम र त्यहाँका किसानलाई पूर्ण रूपमा निराश बनाएको बताए । किसानको पसिना बगेको चिया बगानका कारखानाहरू यही १ गतेबाट बन्द हुन लागेको र दुग्ध किसानका समस्या जस्ताको तस्तै रहेको भन्दै उनले चिन्ता व्यक्त गरे । गत वर्षको विपतबाट ११ अर्ब ८१ करोड भन्दा धेरै क्षति भई थिलथिलो भएको इलामको सन्दकपुरलाई बजेटले सम्बोधन नगरेको भन्दै उनले अर्थमन्त्रीको ध्यानाकर्षण गराए ।
सरकारको कडा आलोचना गरेका सांसद राईले बजेटका केही सकारात्मक पक्षको भने प्रशंसा गरे । ५० अर्बभन्दा बढी ऋणमा डुबेको नेपाल एयरलाइन्सलाई कम्पनी मोडलमा लैजाने अर्थमन्त्रीको हिम्मतको उनले खुलेर तारिफ गरे । यसले नेपाली कांग्रेसले वि.सं. २०४८ सालमा लिएको निजीकरणको मोडल सही थियो भन्ने पुष्टि गरेको उनको भनाइ थियो ।
काठमाडौं : उच्च अदालत पाटनमा व्यवसायी दीपक भट्टसहित चार जना व्यवसायीविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दा दायर भएको छ । सरकारी वकिल कार्यालयले...
काठमाडौँ : प्रतिनिधि सभाको आजको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत...
काठमाडौँ : प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र’ तयारी कार्यदलले आज पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल...