
काठमाडौँ : प्रतिनिधि सभाको आजको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
सभामुख डोलप्रसाद अर्यालले उक्त विधेयकमाथि निर्णयार्थ प्रस्तुत गर्दै सो प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत भएको घोषणा गरेका हुन् ।
अर्थमन्त्री डा. वाग्लेले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्तुत गरेका थिए । उक्त विधेयकमाथि सांसदहरु डा. पुष्पराज कँडेल, श्रद्धा कुँवर, समीक्षा बास्कोटा, गुरुप्रसाद बराल, आरेन राई, लीमा अधिकारी आचार्य, कमल सुवेदी र कृष्णहरि बुढाथोकीले आफ्नो धारणा राखेका थिए ।
अर्थमन्त्री डा. वाग्लेले राष्ट्र बैंकलाई स्वतन्त्र र स्वायत्तरूपमा काम गर्न सकोस् भन्ने उद्देश्यले यो ऐन ल्याउन जरुरी भएको बताए । प्रतिनिधि सभाको अर्को बैठक यही जेठ २९ शुक्रबार ११:०० बजे बस्नेछ ।
काठमाडौं : उच्च अदालत पाटनमा व्यवसायी दीपक भट्टसहित चार जना व्यवसायीविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दा दायर भएको छ । सरकारी वकिल कार्यालयले...
काठमाडौँ : प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र’ तयारी कार्यदलले आज पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल...
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले ले निजी विद्यालयमा लगाइएको ३ प्रतिशत करसँगै करदाताका लागि विभिन्न आयकर छुटको व्यवस्था गरिएको बताएका...