कोइराला-सिटैाला कोशी भेला प्रदेश सभापतिदेखि १४ वटै जिल्ला सभापतिहरुद्वारा बहिष्कार, डा. शशांकले एकता भाँड्न लागेको आरोप – Naya Bikalpa
June 15, 2026, Monday      Epaper

कोइराला-सिटैाला कोशी भेला प्रदेश सभापतिदेखि १४ वटै जिल्ला सभापतिहरुद्वारा बहिष्कार, डा. शशांकले एकता भाँड्न लागेको आरोप

विराटनगर : नेपाली कांग्रेसका वर्तमान नेतृत्वको विद्रोही नेताहरुले विराटनगरमा आइतबार आयोजना गरेको कोशी प्रदेशस्तरीय भेला करकलाको पानी जस्तै उखान सावित हुने त हैन ? भन्ने शँका जन्मिएको छ । पार्टीभित्रको एकता भन्दा पनि पार्टि चोईट्याउने पहिलो खुडकिलोको रुपमा राजनैतिक रुपमा हेरिएको कोशी प्रदेश स्तरिय भेलामा प्रदेश भित्रका १४ ओटै जिल्लाका पार्टी सभापतिहरु र प्रदेश सभापतिले वहिस्कार गरेका छन । कोशी प्रदेशका सभापति पुर्व मुख्यमन्त्री उद्धव थापा उक्त विद्रोही भेलामा उपस्थित भएनन् । कोशि प्रदेश सभामा कांग्रेसका तर्फवाट निर्वाचित उनानतिस (२९) प्रदेश सदस्य मध्ये छ (६) जना मात्र सहभागी भएका थिए ।

त्यसैगरि भेलामा पार्टीका अगुवा कार्यकर्ताहरु पनि भेलामा देखिएका थिएनन् । पार्टीमा कहिल्यै सक्रिय नरहेका र अपरिचित व्यक्तिहरु गाउँ गाउवाट गाडिवाट ओसारिएको हुदा उनीहरुलाई हलमा खचाखच पारिएको देखिन्थ्यो । उनिहरुलाई वास वस्ने व्यवस्था देखि गाडिभाडा समेतको खर्चपानिको व्यवस्था मिलााइएको एक सहभागीले बताए । चैाधवटै जिल्लाबाट पार्टीका नेता तथा कार्यकर्ता भन्दा पनि शक्ति प्रदर्सनी देखाउन ओसारिएको व्यक्तिहरुवाट जय जयकार गराउन खोजेपनि सहभागिहरुले भने त्यसो गरेनन् ।

भेलामा पार्टीबाट निरन्तर फाईदा लिएका र विशेष महाअधिवसनवाट पार्टिको नेतृत्ववाट बाहिर पर्नु परेको पिडावाट निद हराम भएका , निरन्तर पार्टिको पदिय जिम्मेवारीमा वस्दा इमानदार पार्टीका कार्यकर्ताहरुलाई न्याय दिलाउन नसकेका , आम जनतावाट समेत जनमत गुमाई सकेका , भ्रष्टाचारमा मुछिएर अदालतमा मुद्धा खेपिरहेका, वर्तमान पार्टिका शिर्ष नेतृत्वका गगन विश्र्वसँग नेतृत्वमा प्रतिस्पर्धा गर्न नसक्ने देखेर व्यक्तिगत रिस र ईर्श्यावाट आफुलाई नेताका रुपमा स्थापित गराउन खोज्ने दर्जन नेताहरु मन्चमा खचाखच देखिए पनि अगुवा तथा सक्रिया कार्यकर्ताहरु नै सहभागी नभएको भेला केही नेताले कुण्ठा पोख्ने थलोको रुपमा प्रयोग गरेको देखेर भेलाका कतिपय सहभागीहरु हलवाट वाहिरिएका थिए ।

काठमाडौवाट गएका दर्जन बढी नेताहरुले सभापति गगन थापालाई घन्टैा गाली गर्न थाले पछि विशेष नेताहरु वोल्ने वेलामा सहभागिहरु हलवाट वाहिरिएका हुदा हल खालि भएको देखिन्थ्यो ।

कार्यक्रमको अध्यक्षता काङ्ग्रेस कोशी प्रदेश महामन्त्री भूपेन्द्र राईले गरेका थिए । उक्त विद्रोहि कोशि प्रदेश भेलाका प्रमुख अतिथि नेता डा शेखर कोइरालालाई वनाईएको थियो । १४ अैा महाअधिवेसन पछि विशेष महाअधिवेसन सम्म आईपुग्दा डाक्टर शेखर कोईरालालाई काङ्ग्रेस नेतामा रुपमा स्विकार गर्न नसकेका नेता कृष्णप्रसाद सिटौलाले यतिवेला भने डाक्टर शेखरलाई प्रमुख अतिथि मानेर मन्चमा मन्चासिन रहेका थिए । भेलामा विजयकुमार गच्छदार, डा शशांक कोइराला, मोहनबहादुर बस्नेत, बलबहादुर केसी, एनपी साउद , मीन विश्वकर्मा डाक्टर मिनेद्र रिजाल लगायत नेताहरू सहभागी भईरहदा प्रकाशमान सिह र डाक्टर प्रकाश शरण महत भने भेलामा देखिएनन् । पार्टीको बृहत्तर एकताका लागि आयोजित कोशी प्रदेश स्तरीय भेला भनिए पनि वर्तमान काङ्ग्रेस नेतृत्वसँग एकताको खाका भने वक्ताहरुले वताउन सकेनन । १४ अैा महाअधिवेसन देखि देउवा समुहमा रहेका र आफ्नै दाजु डाक्टर शेखर कोईराला पार्टि सभापतिमा प्रतिस्पर्धा गर्दा समेत साथ नदिएका पुर्व महामन्त्री डाक्टर शशांक कोईरालाले त पार्टि फुटिसकेको घोषडा नै गरिदिए । कहिले देउवा खेमामा वसेर दाईका विरुद्ध प्रयोग हुने , कहिले वृहत एकता भनेर वोलाइएको भेलामा पार्टि फुटि सक्यो भनेर भाषड ठोकिदिने कतै डाक्टर शेखर कोईरालालाई अझै असफल वनाउने रणनीति त हैन आशङ्का जन्मेको एक नेताले वताए । डाक्टर शशांकको यस्तो अभिव्यक्ति पछि सहभागिहरुले पार्टिभित्रको एकता भाडेको आरोप लगाएका छन् ।

उक्त भेलामा सरिता प्रसाईं, उमेशजंग रायमाझी, रामहरी खतिवडा, गोविन्दबहादुर शाह, गुरु बराल, सुजाता परियार, महिन्द्राकुमारी लिम्बू, कुन्दनराज काफ्ले, लक्ष्मी खतिवडा, सरस्वती बजिमय, गोमा भट्टराई, हसन अन्सारी, कोशी प्रदेश महामन्त्रीहरु- भुपेन्द्र राई र उमेश थापा, कोषाध्यक्ष राजेश गुप्ता, मोरङ् कांग्रेसका कार्यबाहक सभापति भक्ती माझी, संघीय सांसदहरु- रुक्मिणी कोइराला, सुशिला ढकाल, गिता सेन्दाङ्, रेखा यादव, कोशी प्रदेसका पुर्व मुख्यमन्त्री केदार कार्की, कोशी प्रदेश मन्त्री भिम पराजुली, बिराटनगर महानगरका मेयर नागेश कोइराला, बिराटनगर महानगर कांग्रेस सभापति दिपक चापागाईं, मोरङ संघिय क्षेत्र नं-६ का सभापति देवराज तामाङ लगायतको उपस्थिति रहेको थियो ।

वक्ताहरुले पार्टी एकतामा जोड दिएपनि के गरेर एकता गर्ने भन्ने बारेमा भने प्रष्ट नपारेको सहभागीहरुले बताएका छन् । उनीहरुका अनुसार सभापति थापालाई जथाभावी गाली गरेर सहमतीको वातावरण इतर पक्षले नै भाँडिरहेको सहभागिहरुको गुनासो रहेको छ ।

भेलाले पार्टीमा एकता भन्दा पनि विभाजनका लागि कार्यकर्ताहरुलाई उक्साई रहेको भेलामा सहभागीहरुकै भनाई रहेको देखियो । भेलालाई एकता भेलाको नाम दिइएपनि कतिपय नेताहरुले पार्टी फुटिसकेको घोषणा गरेकाले पार्टी फुटको घोषणा गर्ने भेला जस्तो भएको स्थानीय सम्वाददाताले जानकारी दिए ।

सम्बन्धित समाचार

काठमाडौँ महानगरको नीति तथा कार्यक्रम सर्वसम्मत पारित, असार ४ मा बजेट प्रस्तुत हुने
काठमाडौँ महानगरको नीति तथा कार्यक्रम सर्वसम्मत पारित, असार ४ मा बजेट प्रस्तुत हुने
  • २०८३ असार १, ११: ३८

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तावित नीति तथा कार्यक्रम नगर सभाबाट ध्वनि मतका साथ पारित...

लुम्बिनीको बजेट ३७ अर्ब ३८ करोड
लुम्बिनीको बजेट ३७ अर्ब ३८ करोड
  • २०८३ असार १, ११: ३८

लुम्बिनी : लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको वार्षिक बजेट...

कोशीको बजेट ४० अर्ब ४४ करोड
कोशीको बजेट ४० अर्ब ४४ करोड
  • २०८३ असार १, ११: ३८

विराटनगर : कोशी प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको...