आठ उच्च प्रभाव विकास परियोजनाका लागि भारतसँग सम्झौता, ८० करोडभन्दा बढी अनुदान – Naya Bikalpa
August 15, 2026, Saturday      Epaper

आठ उच्च प्रभाव विकास परियोजनाका लागि भारतसँग सम्झौता, ८० करोडभन्दा बढी अनुदान

काठमाडौं : भारत सरकारले अनुदान सहयोगअन्तर्गत नेपालमा शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रका आठ उच्च प्रभाव सामुदायिक विकास परियोजना सञ्चालन गर्न ८० करोड ३० लाख रुपैयाँ (८०३ मिलियन नेपाली रुपैयाँ) बराबरको सहयोग गर्ने भएको छ ।

यससम्बन्धी समझदारीपत्र (एमओयू) मंगलबार काठमाडौंस्थित भारतीय दूतावास, नेपाल सरकारको भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला एवं सामान्य प्रशासन मन्त्रालय तथा सम्बन्धित परियोजना कार्यान्वयन निकायबीच हस्ताक्षर भएको हो ।

सम्झौताअनुसार सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बीपीकेआईएचएस) को डिजिटलाइजेसन, भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा कृषि उत्पादन संकलन तथा बिक्री केन्द्र, धादिङको ज्वालामुखी गाउँपालिकामा नगर कृषि तथा पशुपन्छी केन्द्र भवन, मोरङको बेलबारी बहुमुखी क्याम्पस भवन, दैलेखको डुंगेश्वर गाउँपालिकामा १० शय्याको अस्पताल, हुम्लाको सर्केगाड गाउँपालिकामा कृषि प्रवर्द्धन केन्द्र, स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा कोल्ड स्टोर तथा सुनसरीको बर्जु गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण गरिनेछ ।

भारतीय दूतावासका अनुसार यी परियोजना नेपाल सरकारका स्थानीय तह तथा सम्बन्धित संस्थामार्फत कार्यान्वयन गरिनेछन् ।

दूतावासका अनुसार सन् २००३ यता भारतले नेपालमा आज सम्झौता भएका आठ परियोजनासहित ६०५ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइसकेको छ । तीमध्ये ५१२ वटा परियोजना स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी, सडक तथा पूर्वाधार, सरसफाइ र सार्वजनिक उपयोगिताका क्षेत्रमा सम्पन्न भइसकेका छन् भने बाँकी परियोजना विभिन्न चरणमा कार्यान्वयन भइरहेका छन् ।

सम्बन्धित समाचार

दूतावासमा मनाइयो भारतको ८०औं स्वतन्त्रता दिवस
दूतावासमा मनाइयो भारतको ८०औं स्वतन्त्रता दिवस
  • २०८३ श्रावण २६, २०: ४८

काठमाडौं : काठमाडौंस्थित भारतीय राजदूतावासले शनिबार भारतको ८०औं स्वतन्त्रता दिवस मनाएको छ। लैनचौरस्थित दूतावास परिसरमा विभिन्न कार्यक्रमको आयोजना गरी स्वतन्त्रता...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८३ श्रावण २६, २०: ४८

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...

यी स्थानमा भारी वर्षाको सम्भावना
यी स्थानमा भारी वर्षाको सम्भावना
  • २०८३ श्रावण २६, २०: ४८

काठमाडौं : हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर...