आजका लागि विदेशी मुद्राको विनिमयदर – Naya Bikalpa
August 15, 2026, Saturday      Epaper

आजका लागि विदेशी मुद्राको विनिमयदर


काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ०१ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ८० पैसा र बिक्रीदर १७६ रुपैयाँ ५० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ६५ पैसा र बिक्रीदर २०६ रुपैयाँ ४६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ ७२ पैसा र बिक्रीदर १८८ रुपैयाँ ३५ पैसा कायम गरिएको छ।

अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ५६ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ३३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ७६ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ०६ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५३ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५६ पैसा र बिक्रीदर नौ रुपैयाँ ६० पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ६० पैसा र बिक्रीदर २२ रुपैयाँ ६९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५९ पैसा र बिक्रीदर ४० रुपैयाँ ७५ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ८० पैसा र बिक्रीदर ४१ रुपैयाँ ९७ पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६० पैसा र बिक्रीदर चार रुपैयाँ ६२ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ५० पैसा र बिक्रीदर ४१ रुपैयाँ ६६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ २९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४४ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ७२ पैसा र बिक्रीदर १० रुपैयाँ ७६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ९५ पैसा र बिक्रीदर १६ रुपैयाँ ०१ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ५३ पैसा र बिक्रीदर २३ रुपैयाँ ६१ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १९ रुपैयाँ ५० पैसा, कुवेती दिनार एकको खरिददर ४९६ रुपैयाँ ०५ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ०० पैसा, बहराइन दिनार एकको खरिददर ४०४ रुपैयाँ २४ पैसा बिक्रीदर ४०५ रुपैयाँ ८४ पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३९७ रुपैयाँ ४१ पैसा रहेको छ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ। राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

सम्बन्धित समाचार

दूतावासमा मनाइयो भारतको ८०औं स्वतन्त्रता दिवस
दूतावासमा मनाइयो भारतको ८०औं स्वतन्त्रता दिवस
  • २०८३ श्रावण ३०, ०८: १६

काठमाडौं : काठमाडौंस्थित भारतीय राजदूतावासले शनिबार भारतको ८०औं स्वतन्त्रता दिवस मनाएको छ। लैनचौरस्थित दूतावास परिसरमा विभिन्न कार्यक्रमको आयोजना गरी स्वतन्त्रता...

यी स्थानमा भारी वर्षाको सम्भावना
यी स्थानमा भारी वर्षाको सम्भावना
  • २०८३ श्रावण ३०, ०८: १६

काठमाडौं : हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा उपसभापति शर्मासहित १२ नेताले राखे धारणा
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा उपसभापति शर्मासहित १२ नेताले राखे धारणा
  • २०८३ श्रावण ३०, ०८: १६

ललितपुर : ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा साउन २४ गतेदेखि जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक साउन ३१ गते आइतबार...