दूतावासमा मनाइयो भारतको ८०औं स्वतन्त्रता दिवस – Naya Bikalpa
August 15, 2026, Saturday      Epaper

दूतावासमा मनाइयो भारतको ८०औं स्वतन्त्रता दिवस


काठमाडौं : काठमाडौंस्थित भारतीय राजदूतावासले शनिबार भारतको ८०औं स्वतन्त्रता दिवस मनाएको छ।

लैनचौरस्थित दूतावास परिसरमा विभिन्न कार्यक्रमको आयोजना गरी स्वतन्त्रता दिवस मनाइएको हो। दूतावासले हरेक वर्ष विभिन्न कार्यक्रमको आयोजना गरी भारतको स्वतन्त्रता दिवस मनाउने गरेको छ।

कार्यक्रममा काठमाडौँ उपत्यकामा रहेका भारतीय समुदाय, भारतका मित्र तथा दूतावासका अधिकारीहरूको सहभागिता रहेको थियो।

‘वन्दे मातरम्’ गीतका साथ सुरू भएको कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले झण्डोत्तोलन गरेका थिए। त्यसपछि राष्ट्रगान गाइनुको साथै स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा भारतकी राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रका नाममा गरेको सम्बोधनको भिडियो प्रसारण गरिएको थियो।

यस अवसरमा भारतीय राजदूत श्रीवास्तवले भारतीय सशस्त्र बलका ११ जना दिवंगत सुरक्षाकर्मीका एकल (वीर नारी) तथा निकटतम आश्रितलाई सम्मान गरे।

उनले कुल ८ करोड २० लाख नेपाली रुपैयाँ बराबरको ‘आर्मी ग्रुप इन्स्योरेन्स फन्ड (एजीआईएफ)’ को चेक मृतकका परिवारलाई हस्तान्तरण गरेका थिए।

८० औँ स्वतन्त्रता दिवसको अवसरमा आयोजना गरिएका विभिन्न प्रतियोगिताको विजेतालाई पनि दूतावासले सम्मान गरेको छ।

‘विकसित भारत’ शीर्षकमा आयोजित चित्रकला प्रतियोगिता, ‘विकसित भारत रन’ तथा अन्तरविद्यालय क्विज प्रतियोगिताका विजेतालाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो। त्यस्तै ‘भारतको जानिए’ क्विजको विशेष संस्करणका विजेतालाई पनि कार्यक्रममा सम्मान गरिएको थियो।

८० औँ स्वतन्त्रता दिवसकै अवसरमा भारतीय दूतावासले शनिबार साँझ विशेष सांगीतिक कार्यक्रमसमेत आयोजना गर्दै छ। दूतावासले भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) को सहयोगमा आएको सांगीतिक टोलीको प्रस्तुति आयोजना गर्न लागेको हो

दूतावासका अनुसार राजेश पाण्डेको नेतृत्वमा रहेको आईसीसीआर-समर्थित सांगीतिक टोलीले उक्त प्रस्तुति दिनेछ।

सम्बन्धित समाचार

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८३ श्रावण ३०, १७: ०८

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...

यी स्थानमा भारी वर्षाको सम्भावना
यी स्थानमा भारी वर्षाको सम्भावना
  • २०८३ श्रावण ३०, १७: ०८

काठमाडौं : हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा उपसभापति शर्मासहित १२ नेताले राखे धारणा
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा उपसभापति शर्मासहित १२ नेताले राखे धारणा
  • २०८३ श्रावण ३०, १७: ०८

ललितपुर : ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा साउन २४ गतेदेखि जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक साउन ३१ गते आइतबार...