भोटेकोशीको बाढी सम्पूर्ण नेपालीको साझा पीडा हो : प्रधानमन्त्री शाह – Naya Bikalpa
September 4, 2026, Friday      Epaper

भोटेकोशीको बाढी सम्पूर्ण नेपालीको साझा पीडा हो : प्रधानमन्त्री शाह

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशीमा आएको बाढी रसुवा, नुवाकोट र धादिङका नागरिकको मात्र नभई सम्पूर्ण नेपालीको साझा पीडा भएको बताएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बाढीका कारण क्षणभरमै धेरै परिवारले आफ्ना आफन्त गुमाउनुपरेको भन्दै दुःख व्यक्त गरे ।

‘भोटेकोशीमा आएको बाढीले क्षणभरमै आमाबुबा, दाजुभाइ र दिदीबहिनी खोसेर लग्यो,’ उनले भने, ‘यो पीडा रसुवा, नुवाकोट र धादिङको मात्रै होइन, सम्पूर्ण नेपालीको छातीमा परेको पीडा हो।’

प्रधानमन्त्री शाहले विपद्को कठिन घडीमा सरकार प्रभावित नागरिकको साथमा रहेको स्पष्ट पारे। प्राकृतिक प्रकोपसँग जुध्नुको विकल्प नभएको उल्लेख गर्दै उनले सरकार उद्धार, राहत तथा पुनर्निर्माणका काममा सक्रिय रहेको बताए ।

उनका अनुसार बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका कार्यलाई तीव्र पारिएको छ भने क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि सरकारले ठोस योजनाका साथ काम गरिरहेको छ ।

प्रधानमन्त्री शाहले विपद्को समयमा राजनीतिक मतभेदभन्दा माथि उठेर सबै राजनीतिक दल, नागरिक समाज र आम नागरिक एकजुट हुनुपर्नेमा जोड दिए । उनले विपद्को सामना सामूहिक प्रयासबाट मात्रै प्रभावकारी रूपमा गर्न सकिने बताए ।

सम्बन्धित समाचार

माथिल्लो त्रिशूली-१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र
माथिल्लो त्रिशूली-१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र
  • २०८३ भाद्र १७, १३: ३४

रसुवा : भोटेकोशी बाढीपछि जिल्लाका विभिन्न जलविद्युत् आयोजनाको सुरुङ इलाकामा फसेका व्यक्तिको खोज तथा उद्धार तीव्र पारिएको छ । नेपाली...

कृष्णभीरमा ट्र्याक खोल्न थालियो
कृष्णभीरमा ट्र्याक खोल्न थालियो
  • २०८३ भाद्र १७, १३: ३४

चितवन : पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्र्याक खोल्ने काम आज बिहानदेखि सुरु गरिएको छ । दुई दिनसम्म रुख र...

त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई कर्मचारीको सकुशल उद्धार, गृहमन्त्री गुरुङको फिल्ड सक्रियतामाथि प्रश्न
त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई कर्मचारीको सकुशल उद्धार, गृहमन्त्री गुरुङको फिल्ड सक्रियतामाथि प्रश्न
  • २०८३ भाद्र १७, १३: ३४

काठमाडौं । बाढीपहिरोका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कर्मचारीमध्ये दुई जनाको सकुशल उद्धार गरिएको छ । उद्धार टोलीले...