आज श्रीकृष्ण जन्माष्टमी, देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरिँदै – Naya Bikalpa
September 4, 2026, Friday      Epaper

आज श्रीकृष्ण जन्माष्टमी, देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरिँदै

काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन्।

द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएको धार्मिक विश्वासअनुसार यस दिनलाई श्रीकृष्ण जन्माष्टमीका रूपमा मनाउने गरिन्छ। जन्माष्टमीका अवसरमा देशभरका कृष्णमन्दिरमा विशेष पूजा–आराधना, प्रवचन, भजन–कीर्तन तथा धार्मिक कार्यक्रम आयोजना गरिन्छ। भक्तजनले व्रत बसेर रातभर जाग्राम बस्ने प्रचलनसमेत छ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णलाई भगवान् विष्णुको आठौँ अवतारका रूपमा हिन्दू धर्मावलम्बीले पूजा गर्ने गर्छन्। अन्याय, अत्याचार र दानवी प्रवृत्तिको अन्त्य गर्दै सत्य र सत्कर्मको मार्गमा मानव समुदायलाई प्रेरित गरेको धार्मिक ग्रन्थमा उल्लेख छ।

कुरुक्षेत्रमा कौरव र पाण्डवबीच भएको युद्धका क्रममा अर्जुनलाई श्रीकृष्णले दिएको उपदेशलाई श्रीमद्भागवतगीता भनिन्छ। हिन्दू धर्मको पवित्र ग्रन्थका रूपमा मानिने गीतालाई विश्वका विभिन्न भाषामा अनुवाद गरिएको छ।

पौराणिक कथाअनुसार बाल्यकालदेखि नै विभिन्न लीला देखाएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेका थिए।

जन्माष्टमीका अवसरमा आज ललितपुरको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा विशेष मेला लाग्नेछ। यस्तै, काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकास्थित नवतनधाम तथा बूढानीलकण्ठस्थित श्रीकृष्ण भावनामृत सङ्घको कृष्णमन्दिरमा पनि भक्तजनको भीड लाग्ने गर्छ।

यसै अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न धार्मिक सङ्घसंस्थाले भगवान् श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रासमेत आयोजना गर्ने परम्परा छ।

सम्बन्धित समाचार

बाढीपीडितका लागि भारतद्वारा छैटौं र सातौं खेप राहत सामग्री हस्तान्तरण
बाढीपीडितका लागि भारतद्वारा छैटौं र सातौं खेप राहत सामग्री हस्तान्तरण
  • २०८३ भाद्र १९, ०७: १७

काठमाडौं : बाढी प्रभावित नेपालका लागि भारतको मानवीय सहायता निरन्तर जारी छ। छैटौँ र सातौँ राहत उडानमार्फत बिहीबार राति कुल...

विज्ञ टोलीसहित बाढीग्रस्त क्षेत्र रसुवा पुगे गगन
विज्ञ टोलीसहित बाढीग्रस्त क्षेत्र रसुवा पुगे गगन
  • २०८३ भाद्र १९, ०७: १७

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन कुमार थापा विज्ञहरूसहित बाढीग्रस्त क्षेत्र रसुवा पुगेका छन् । उद्धार र राहत वितरणको अवस्था...

कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा
कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा
  • २०८३ भाद्र १९, ०७: १७

काठमाडौं । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आगामी मंसिर २१, २२ र २३ गते काठमाडौंमा हुने भएको छ । नेपाली...