बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? – Naya Bikalpa
September 3, 2026, Thursday      Epaper

बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ?

काठमाडौं : रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको बाढीपछि विभिन्न देश र अन्तरराष्ट्रिय क्षेत्रबाट सहयोग आउने क्रममा जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दिएको जानकारी अनुसार बाढी आएको पहिलो दिनदेखि नै सहयोग आइरहेको छ ।

कार्यालयका अनुसार भारतले विभिन्न चरणमा आवश्यक सबै किसिमको सहयोग गरिरहेको छ । भारतले हालसम्म ५ चरणमा ७४ टन राहत तथा उद्धार सामग्री उपलब्ध गराइसकेको छ । साथै, उद्धारका लागि विज्ञ टोलीहरू पनि प्रभावित क्षेत्रमा खटाइरहेको छ ।

चीनले नेपाललाई रु ३० करोड र ५० टन राहत सामग्री उपलब्ध गराइसकेको छ । साथै, नेपाल सरकारले चीनसँग प्रभावित क्षेत्रका लागि ३० वटा बेलीब्रिज सहयोग गर्न अनुरोध गरेको छ ।

पाकिस्तानबाट ८६ टन राहत सामग्री प्राप्त हुँदैछ । श्रीलंकाले १० लाख अमेरिकी डलरको सहयोगको प्रतिबद्धता जनाएको छ । बंगलादेशले पनि राहत सामग्री पठाउने तयारी गरेको छ ।

अमेरिकाबाट ५ लाख अमेरिकी डलर दिने प्रतिबद्धता आएको छ । अष्ट्रेलियाबाट १ मिलियन अमेरिकी डलर (नगद सहयोग) सहयोगको प्रतिबद्धता आएको छ भने विशेषज्ञसहित ड्रोन अपरेटरसहितको टोली चाँडै नेपाल आउने भएको छ ।

यूएईले ८३ टन अत्यावश्यक राहत सामग्री उपलब्ध गराइसकेको छ भने १० मिलियन डलरसम्मको सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । कतारले पनि ४० टन राहत सामग्री उपलब्ध गराएको छ ।

संयुक्त अधिराज्य (यूके)ले ५ मिलियन पाउण्डले सहयोग गर्ने घोषणा गरेको छ। त्यसैगरी, युरोपेली संघअन्तर्गतको नागरिक सुरक्षा र मानवीय सहायता परिचालनले २ मिलियन यूरो, स्विट्जरल्याण्डले १ मिलियन अमेरिकी डलर, डेनमार्कले ३५ लाख डेनिस क्रोनर, जर्मनीले २ मिलियन अमेरिकी डलर, आयरल्याण्डले ५ लाख यूरो, चेक रिपब्लिकले २५ लाख चेक कोरुना, नर्वेले १२.७ मिलियन नर्वेजियन क्रोन सहयोगको घोषणा गरिसकेका छन् । साथै, फ्रान्सले प्रभावित क्षेत्रका २०० घरपरिवारका लागि आपतकालीन राहत सामग्री उपलब्ध गराएको छ । यस्तै, लक्जेम्बर्ग र लातभियाले पनि राहत सामग्री उपलब्ध गराएका छन् ।

सम्बन्धित समाचार

कृष्णभीर सडक अवरुद्ध भएपछि बाइरोडबाट पेट्रोलियम र ग्यास आपूर्ति
कृष्णभीर सडक अवरुद्ध भएपछि बाइरोडबाट पेट्रोलियम र ग्यास आपूर्ति
  • २०८३ भाद्र १८, २०: ४०

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर खण्ड अवरुद्ध भएपछि नेपाल आयल निगमले त्रिभुवन राजपथ (बाइरोड) को वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौं...

भारतीय प्राविधिक टोली चिलिमेको सुरुङमा १०० मिटरभित्र पुग्यो
भारतीय प्राविधिक टोली चिलिमेको सुरुङमा १०० मिटरभित्र पुग्यो
  • २०८३ भाद्र १८, २०: ४०

काठमाडौं : रसुवाको स्याफ्रुबेसीस्थित चिलिमे पावर हाउसको सुरुङमा फसेकाहरूको उद्धारका लागि खटिएको संयुक्त नेपाली–भारतीय प्राविधिक टोली सुरुङभित्र करिब १०० मिटर...

भदौ २२ गते राष्ट्रिय शोक दिवस मनाउने सरकारकाे निर्णय
भदौ २२ गते राष्ट्रिय शोक दिवस मनाउने सरकारकाे निर्णय
  • २०८३ भाद्र १८, २०: ४०

काठमाडौं : सरकारले भदौ २२ गते रसुवा बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको छ । बिहीबार बसेको...