माथिल्लो त्रिशूली-१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र – Naya Bikalpa
September 4, 2026, Friday      Epaper

माथिल्लो त्रिशूली-१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र

रसुवा : भोटेकोशी बाढीपछि जिल्लाका विभिन्न जलविद्युत् आयोजनाको सुरुङ इलाकामा फसेका व्यक्तिको खोज तथा उद्धार तीव्र पारिएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित चीन, भारत र कोरियाका विज्ञ टोलीले माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रमा खोज तथा उद्धार कार्य तीव्ररुपमा भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए ।

बाढीका कारण मृत्यु भएकामध्ये १४० को शव संकलन गरिएको छ । एक सय ३४ वटा शव व्यवस्थापनका लागि नुवाकोट पठाइएको अधिकारीले जानकारी दिए ।

बाढीपछि रसुवामा दुई हजार ५६४ जना सम्पर्कविहीन भएका छन् । जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार नेपाली सेनाको श्रीनाथ गणका २७, नेपाल प्रहरीका २८, सशस्त्र प्रहरी बलका १३, सरकारी कर्मचारी ७९, बैंक तथा वित्तीय संस्थाका २६, रसुवाली नागरिक एक हजार २२६, अन्य जिल्लाका ८८२ र पर्यटक २४३ जना हराइरहेका छन् ।

सम्बन्धित समाचार

कृष्णभीरमा ट्र्याक खोल्न थालियो
कृष्णभीरमा ट्र्याक खोल्न थालियो
  • २०८३ भाद्र १९, १२: ३०

चितवन : पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्र्याक खोल्ने काम आज बिहानदेखि सुरु गरिएको छ । दुई दिनसम्म रुख र...

त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई कर्मचारीको सकुशल उद्धार, गृहमन्त्री गुरुङको फिल्ड सक्रियतामाथि प्रश्न
त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई कर्मचारीको सकुशल उद्धार, गृहमन्त्री गुरुङको फिल्ड सक्रियतामाथि प्रश्न
  • २०८३ भाद्र १९, १२: ३०

काठमाडौं । बाढीपहिरोका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कर्मचारीमध्ये दुई जनाको सकुशल उद्धार गरिएको छ । उद्धार टोलीले...

त्रिशूली-३ ‘ए’ बाट दुई जनाको सकुशल उद्धार
त्रिशूली-३ ‘ए’ बाट दुई जनाको सकुशल उद्धार
  • २०८३ भाद्र १९, १२: ३०

काठमाडौं : माथिल्लो त्रिशूली ३ ए जलविद्युत आयोजनाको सुरुङभित्र अड्किएका दुई कर्मचारीको सकुशल उद्धार गरिएको छ । उद्धार गरिएकाहरूमा आयोजनामा...