युवाकवि मोतीराम भट्टको जन्मजयन्ती आज देशभर मनाइँदै – Naya Bikalpa
September 13, 2026, Sunday      Epaper

युवाकवि मोतीराम भट्टको जन्मजयन्ती आज देशभर मनाइँदै

काठमाडौं — राष्ट्रिय विभूति तथा युवाकवि मोतीराम भट्टको जन्मजयन्ती आज नेपालभर विभिन्न साहित्यिक कार्यक्रम आयोजना गरी मनाइँदैछ। नेपाली साहित्यको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याएका भट्टको स्मरणमा साहित्यिक गोष्ठी, चर्चा तथा विविध कार्यक्रम आयोजना गरिँदैछन्।

विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मिएका मोतीराम भट्टको निधन पनि विसं १९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन भएको थियो। उनी ३० वर्षको अल्पायुमै निधन भए पनि नेपाली साहित्यको क्षेत्रमा उनको योगदान दीर्घकालीन र प्रभावशाली मानिन्छ।

नेपाली साहित्यमा विशेषगरी शृङ्गार रसको विकासमा महत्वपूर्ण योगदान दिएका भट्टले गजल साहित्यलाई समेत लोकप्रिय बनाउन उल्लेखनीय भूमिका खेलेका थिए। उनले कथा, नाटक र निबन्धलगायत विभिन्न विधामा समेत कलम चलाएका थिए।

आदिकवि भानुभक्त आचार्यको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउने श्रेय पनि मोतीराम भट्टलाई जान्छ। नेपाली साहित्यको संरक्षण, प्रकाशन र विस्तारमा योगदान पुर्‍याउँदै उनले नेपालमा छापाखाना भित्र्याउनसमेत महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

नेपाली साहित्यमा आधुनिक चेतना र सिर्जनशीलताको विकासमा योगदान पुर्‍याएका भट्टलाई नेपाली साहित्यका अग्रणी व्यक्तित्वका रूपमा स्मरण गरिन्छ।

सम्बन्धित समाचार

सानीभेरीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ९ जना घाइते
सानीभेरीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ९ जना घाइते
  • २०८३ भाद्र २६, ०८: ५९

रुकुम पश्चिम : रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ को देउता खोलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज...

भोटेकोशी बाढी : १८ विद्यालयमा क्षति
भोटेकोशी बाढी : १८ विद्यालयमा क्षति
  • २०८३ भाद्र २६, ०८: ५९

काठमाडौं : भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रुपमा क्षतिग्रस्त...

रसुवा बाढी प्रभावित १५ स्थानीय तहका परिवारलाई मासिक १५ हजारसम्म राहत
रसुवा बाढी प्रभावित १५ स्थानीय तहका परिवारलाई मासिक १५ हजारसम्म राहत
  • २०८३ भाद्र २६, ०८: ५९

काठमाडौँ ।  रसुवा बाढीका कारण विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका रसुवा, नुवाकोट, धादिङ, तनहुँ र गोरखाका १५ स्थानीय तहका प्रभावित...