भोटेकोशी बाढी : १८ विद्यालयमा क्षति – Naya Bikalpa
September 13, 2026, Sunday      Epaper

भोटेकोशी बाढी : १८ विद्यालयमा क्षति

काठमाडौं : भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रुपमा क्षतिग्रस्त हुँदा रु ९३ करोड ७३ लाख बराबरको हानि भएको छ ।

राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र मूल्यांकन (आरडिएनए) प्रतिवेदनमा विद्यालयका भवन, शैक्षिक सम्पत्ति गरी उक्त परिमाणमा क्षति भएको हो ।

प्रतिवेदनअनुसार १८ वटा विद्यालयका ५६ वटा भवन प्रभावित भएका छन् । जसमध्ये १५२ वटा कोठामा आंशिक र १५६ वटामा पूर्ण रुपमा क्षति पुगेको छ ।

स्थानीय तहअनुसार रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा एउटा विद्यालय प्रभावित भएको छ । उक्त विद्यालयका दुई वटा भवनका ११ वटा कोठा पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । मूल्यका हिसाबले यो रु ३.७५ करोड बराबरको क्षति हो ।

रसुवाकै उत्तरगया गाउँपालिकामा रहेका तीन वटा विद्यालयका ६ वटा भवनमा ३६ वटा कोठा पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । यो करिब रु १२.२९ करोड बराबरको क्षति हो ।

नुवाकोटको विदुर नगरपालिकामा रहेका नौ वटा विद्यालय प्रभावित भएका छन् । विद्यालयमा ३२ वटा भवनमा क्षति पुगेकामा ६१ वटा कोठा आंशिक र ८९ वटा कोठा पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । जुन रु ३६.६२ करोड बराबर हो ।

धादिङको गल्छी गाउँपालिकाका तीन वटा विद्यालय प्रभावित भएका छन् । जसमध्ये १० वटा भवनका ७७ वटा कोठा आंशिक र आठ वटा कोठा पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । जुन रु १०.६१ करोड बराबरको क्षति हो । सोही जिल्लाको बेनिघाट रोराङ गाउँपालिकामा एउटा विद्यालय प्रभावित भएको छ । उक्त विद्यालयको दुई वटा भवनका १२ वटा कोठा पूर्ण रुपमा क्षति भएका छन् । जुन रु ४.१ करोड बराबरको क्षति हो ।

जिल्लाको सिद्धलेक गाउँपालिकामा एउटा विद्यालय चार वटा भवनका १४ वटा कोठामा आंशिक क्षति पुगेको छ । जुन रु १.४३ करोड बराबरको क्षति हो । प्रतिवेदनका अनुसार शैक्षिक सम्पत्तिका रुपमा रहेका रु २४.९३ करोडको क्षति भएको छ । प्रतिवेदनले विद्यालय क्षेत्रको पुनरुत्थानका लागि रु चार अर्ब २३ करोड ३५ लाख खर्च लाग्ने आकलन गरेको छ ।

सम्बन्धित समाचार

सानीभेरीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ९ जना घाइते
सानीभेरीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ९ जना घाइते
  • २०८३ भाद्र २८, ११: ४१

रुकुम पश्चिम : रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ को देउता खोलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज...

रसुवा बाढी प्रभावित १५ स्थानीय तहका परिवारलाई मासिक १५ हजारसम्म राहत
रसुवा बाढी प्रभावित १५ स्थानीय तहका परिवारलाई मासिक १५ हजारसम्म राहत
  • २०८३ भाद्र २८, ११: ४१

काठमाडौँ ।  रसुवा बाढीका कारण विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका रसुवा, नुवाकोट, धादिङ, तनहुँ र गोरखाका १५ स्थानीय तहका प्रभावित...

आज दर खाएर सुरु हुँदैछ हरितालिका तीज
आज दर खाएर सुरु हुँदैछ हरितालिका तीज
  • २०८३ भाद्र २८, ११: ४१

काठमाडौं । हिन्दू नारीहरूको प्रमुख पर्व हरितालिका (तीज) आज दर खाएसँगै औपचारिक रूपमा सुरु हुँदैछ। भाद्र शुक्ल द्वितीयाका दिन आज...