बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने – Naya Bikalpa
September 16, 2026, Wednesday      Epaper

बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने

काठमाडौं : सरकारले बाढी प्रभावित क्षेत्रमा क्षतिग्रस्त १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु गरेको छ । पूर्वाधार विकास मन्त्रालयका अनुसार धादिङको कालिकास्थान, मालिङ्गा, मझुवाटार दोभान, महादेवा मास्टर, चिरौँदी खोला, शीतलबजार क्युरेनीटार र बेल्खु भुतियामा रहेका क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु भइसकेको छ ।

त्यसैगरी, नुवाकोट र धादिङ जोड्ने केउरेनी गहते, पिमलटार जागाराम, कोतपु कल्लेरी, फोस्रेटार र फिलिङ झोलुङ्गे पुल तथा गोरखा र धादिङ जोड्ने बादरे झोलुङ्गे पुलको पनि मर्मत सुरु भइसकेको छ । यी पुलहरू असोज २० गतेभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको मन्त्रालयले जनाएको छ ।

साथै बाढीबाट प्रभावित थप आठ वटा झोलुङ्गे पुलको मर्मतका लागि आवश्यक प्राविधिक तथा प्रशासनिक तयारी अगाडि बढाइएको छ । मर्मतमा आवश्यक ‘डेक’लगायत सामग्री खरिदका लागि विभिन्न निर्माण कम्पनीहरूसँग सम्झौता भइ पहिलो चरणको सामग्री कार्यस्थलमा आपूर्ति भइसकेको छ भने दोस्रो चरणको स्टिल पाट्र्स खरिद प्रक्रिया अघि बढाइएको छ ।

यसबाहेक उक्त करिडोरमा पूर्ण रुपमा क्षतिग्रस्त ३३ वटा झोलुङ्गे पुलको पुनःनिर्माणका लागि भदौ १७ गते बोलपत्र आह्वान भइसकेको मन्त्रालयको भनाइ छ । पुल निर्माण तथा मर्मतका लागि अत्यावश्यक मानिने लठ्ठा, ‘बुलडग ग्रिप्स’ लगायत सामग्री खरिद गर्न सरकारले बोलपत्र आह्वान गरेको हो ।

सम्बन्धित समाचार

एसियाली खेलकुद : महिला भलिबलमा नेपाल जापानसँग पराजित
एसियाली खेलकुद : महिला भलिबलमा नेपाल जापानसँग पराजित
  • २०८३ भाद्र ३०, १९: ४०

काठमाडौं : नेपाली राष्ट्रिय महिला भलिबल टोली जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा पराजित भएको छ । नेपाल आज आफ्नो...

कांग्रेसको १५औं महाधिवेशन : ७ हजार प्रतिनिधि सहभागी हुने, ९ हजार निर्वाचन अधिकृत फिल्डमा
कांग्रेसको १५औं महाधिवेशन : ७ हजार प्रतिनिधि सहभागी हुने, ९ हजार निर्वाचन अधिकृत फिल्डमा
  • २०८३ भाद्र ३०, १९: ४०

काठमाडौं : नेपाली कांग्रेसले आगामी १५औं महाधिवेशनलाई व्यापक सहभागिता, पारदर्शिता र प्रविधिमैत्री ढाँचामा सम्पन्न गर्ने तयारी गरेको जनाएको छ। पार्टीका...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
  • २०८३ भाद्र ३०, १९: ४०

काठमाडौं : सरकारले नेपाल प्रशासन सेवाका सहसचिव कालीप्रसाद पराजुलीलाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री...