
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै सम्पूर्ण नेता, कार्यकर्ता र शुभेच्छुकलाई सक्रिय सहभागिताका लागि आह्वान गरेका छन् ।
उनले २०८३ असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनअघि असोज ३ र ४ गते वडा तहमा हुने अधिवेशनमा कुनै अलमल नगरी उत्साहका साथ सहभागी हुन आग्रह गरेका हुन् ।
थापाका अनुसार पार्टीभित्र सहमति र संवादको वातावरण निर्माण गर्दै सबै सदस्यको सहभागिता सुनिश्चित गर्ने प्रयास भइरहेको छ । “लोकतन्त्रमा फरक मत स्वाभाविक हो, तर त्यसको समाधान विधि र प्रक्रियाबाट खोजिनुपर्छ,” उनले उल्लेख गरेका छन् ।
पार्टीले २०८२ पुससम्म नवीकरण भएका सबै क्रियाशील सदस्यलाई अधिवेशन प्रक्रियामा सहभागी गराउने निर्णय गरिसकेको जनाइएको छ । सदस्यता व्यवस्थापन समितिले नामावली टुंग्याइसकेको र केन्द्रीय निर्वाचन समितिले निर्वाचन प्रक्रिया अघि बढाइसकेको जानकारी दिइएको छ ।
त्यस्तै, भदौ २८ गतेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशनअघिका केन्द्रीय पदाधिकारी तथा सदस्यलाई हालको कार्यसमितिमा समावेश गर्ने निर्णय गरेको छ । यससँगै उनीहरू महाधिवेशनमा केन्द्रीय सदस्यकै हैसियतमा सहभागी हुने स्पष्ट गरिएको छ ।
थापाले वडादेखि केन्द्रसम्मको महाधिवेशनलाई “पार्टीलाई एकताबद्ध र सशक्त बनाउने अवसर”का रूपमा उपयोग गर्नुपर्ने उल्लेख गर्दै सम्पूर्ण तहका कार्यकर्तालाई सक्रिय सहभागिताको अपिल गरेका छन् ।


काठमाडौं : नेपाली राष्ट्रिय महिला भलिबल टोली जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा पराजित भएको छ । नेपाल आज आफ्नो...
काठमाडौं : नेपाली कांग्रेसले आगामी १५औं महाधिवेशनलाई व्यापक सहभागिता, पारदर्शिता र प्रविधिमैत्री ढाँचामा सम्पन्न गर्ने तयारी गरेको जनाएको छ। पार्टीका...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी बाढीपछि सरकारका विभिन्न निकायले खोजी तथा उद्धार, राहत, पुनःस्थापना र...