अघिल्लो सरकारको निर्णय उल्टाउँदै नयाँ सरकार – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

अघिल्लो सरकारको निर्णय उल्टाउँदै नयाँ सरकार

विगतमा अस्थिर राजनीतिका कारण स्थायी सरकार बन्न नसक्दा एउटा सरकारले अर्काे सरकारको निर्णय उल्टाउने प्रवृत्तिले प्राथमिकता पाएको थियो । कुर्सीमा पुग्ने वित्तिकै आफ्नौ मान्छे राख्ने र अरुलाई निकाल्ने नेपाली राजनीतिमा नयाँ विषय हैन । तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभाका लागि सिफारिश गरेका तीन सदस्य वर्तमान सरकारले फिर्ता लिने संकेत गरेको छ ।

सरकारको सिफारीशमा राष्ट्रपतिले तीन जना राष्ट्रियसभा सदस्य मनोनित गर्ने संवैधानिक व्यवस्था छ । कुल ५९ सदस्यीय रहने राष्ट्रियसभामा ५६ जना निर्वाचित सदस्य रहन्छन् भने ३ जना मनोनित सदस्य हुन्छन् । देउवा नेतृत्वको सरकारले राष्ट्रियसभाका सबै सदस्य छनौट गर्नु सरकारको दायित्व भएको भन्दै तीन सदस्य सिफारिस गरेको थियो । तर यस प्रक्रियालाई राष्ट्रपति विद्यादेवि भण्डारीले सिफारिस अध्ययन गर्न बाँकी रहेको र परामर्श गर्नुपर्ने भन्दै थन्क्याएको अवस्था छ ।

देउवा सरकारले कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीलाई राष्ट्रियसभा सदस्य मनोनयनका लागि सिफारिस गरेको थियो । अब तीन जनाको मनोनयन नयाँ सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने शीतलनिवास स्रोतले जनाएको छ । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको चुनावमा बहुमत प्राप्त गरेपछि एमालेले देउवा नेतृत्वको काम चलाउ सरकारले गरेका निर्णयहरु मान्य नहुने र सबै निर्णयहरु उल्ट्याउने भन्दै राजनैतिक रुपमा प्रतिपक्षी कांग्रेससँग कडा रुपमा प्रस्तुत हुने देखिन्छ ।

सम्बन्धित समाचार

सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
  • २०७४ फाल्गुन ७, ०५: ४३

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...

मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
  • २०७४ फाल्गुन ७, ०५: ४३

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...

मानव अधिकार आयोग प्रतिवेदन : ओली, लेखक र गुरुङलाई कारबाही गर्न सिफारिस
मानव अधिकार आयोग प्रतिवेदन : ओली, लेखक र गुरुङलाई कारबाही गर्न सिफारिस
  • २०७४ फाल्गुन ७, ०५: ४३

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले २०८२ साल भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको दमन र मानव...