प्रदेश दुईमा जहिल्यै लफडा – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

प्रदेश दुईमा जहिल्यै लफडा

मुलुक सात प्रदेशमा विभाजित भएपछि प्रदेश नम्बर २ अन्य प्रदेशको तुलनामा बढी चर्चामा आउने गरेको छ । ०७२ असोज ३ गते संविधान जारी भएलगतै नाकाबन्दी गरी चर्चामा आएको प्रदेश दुई प्रदेश सरकार गठन पछि पनि विवादित र चर्चामा आईरहेको छ । भाषा विवाद, पोषाक विवादका कारण चर्चामा रहेको प्रदेश २ मा मुख्य न्यायाधिवक्तामा दिपेन्द्र झाको योग्यता संवैधानिक रुपमा योग्य नभएको भन्दै सर्वाेच्चमा रिट दायर भएको थियो ।

यस्तै विविध समाचारको हेडलाईन बनेको यस प्रदेश राजेन्द्र महतोको कारण फेरी चर्चामा छन् । मधेशका मसिहा दाबी गर्ने ६ वटा मधेशवादी दल मिलेर राष्ट्रिय जनता पार्टी गठन भएको छ । यस पार्टीमा रहेका ६ अध्यक्ष मण्डलका सदस्यमध्ये राजेन्द्र महतो अन्य सदस्यको लागि टाउको दुखाई भएको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फका सांसद छनौट गर्दा उनकै हठका कारण ६ सदस्यबीच बोलचाल बन्द भएको छ ।

राजेन्द्र महतोकै कारण समानुपातकबाट प्रतिनिधिसभामा खसआर्य कोटाबाट नरमाया ढकाललाई सांसद बनाएको भन्दै पार्टी भित्र खैलाबैला मच्चिएको थियो । सामान्य कार्यकर्ता मात्रै नभएर अध्यक्षमण्डलका सदस्यहरु नै नरमायालाई नचिनेको स्वंयम राजपाका कार्यकर्ताहरुले बताएका थिए । नरमायाले सांसद बन्न महतोलाई २ करोड दिएका कुरा समेत बाहिरा आएको थियो । यो काण्डा वितेको केही समय नहुँदै फेरी राजपाकी अर्काे सांसद विवादमा तानिएकी छन् । राजेन्द्र महतो कै सिफारिसमा समानुपातिक सांसद बनेकी अमृता अग्रहरी विवादमा तानिएकी छन् । आदिवासी जनजाति उत्थान प्रतिष्ठानले ‘अग्रहरी’ आदिवासी जनजाति कलष्टरको नभएको जानकारी दिएसँगै उनी विवादमा तानिएकी हुन् ।

राजपा नेपालका एक नेताले प्रतिष्ठानमा आग्रहरीको बारेमा उजुरी दिएपछि प्रतिष्ठानले यस्तो जानकारी दिएको थियो । यसैको आधारमा निर्वाचन आयोगमा उजुरी परेको छ भने कानूनी बाटोको लागि पनि तयारी भइरहेको स्रोतले जनाएको छ । अमृता अग्रहरी राजेन्द्र महतोको सिफारिशमा समानुपातिक उम्मेदवार बनेकी थिइन् । तर निर्वाचन आयोगले तयार पारेको कलष्टरमा नपरेको कारण उनी विवादमा परेकी हुन् ।

सम्बन्धित समाचार

सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
  • २०७४ फाल्गुन १४, ०७: २९

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...

मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
  • २०७४ फाल्गुन १४, ०७: २९

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...

मानव अधिकार आयोग प्रतिवेदन : ओली, लेखक र गुरुङलाई कारबाही गर्न सिफारिस
मानव अधिकार आयोग प्रतिवेदन : ओली, लेखक र गुरुङलाई कारबाही गर्न सिफारिस
  • २०७४ फाल्गुन १४, ०७: २९

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले २०८२ साल भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको दमन र मानव...