नेपाली कांग्रेस विधि र विधान अनुसार चल्न नसकेको भन्दै नेविसंघले आईतबार पार्टी कार्यालय सानेपमा प्रदर्शन गरेका छन् । नेपाल विद्यार्थी संघको असन्तुष्ट पक्षले नेविसंघको साथै पार्टी पनि विधि र विधान अनुसार संचालन नभएको भन्दै नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।
केन्द्रीय कार्यसमिति बैठकका लागि पार्टी कार्यालय पुगेका सभापति शेरबहादुर देउवालाई विद्यार्थी नेताले चश्मा उपहार दिएका हुन् । विधि र विधान अनुरुप चल्नका लागि अध्याँरोबाट उज्यालोमा आउने सन्देश स्वरुप चश्मा उपहार दिएको विद्यार्थीले बताएका छन् ।
‘जिद्दीले होइन विधिले चलौ, वेथितिले होइन विधिबाट चलौं’ भन्दै पार्टी भित्रको वेथितिका बारेमा उनीहरुले केन्द्रीय कार्यालय परिसरभित्रै चर्को नाराबाजी गरेका थिए । केन्द्रीय महाधिवेशन भएको झण्डै डेढ बर्ष भईसक्दा पनि जिल्ला तथा क्याम्पसको अधिवेशन नभएको, नेविसंघका सभापतिले मनोमानी ढंगमा क्याम्पसका अध्यक्ष तोक्ने काम गरिएको असन्तुष्ठ विद्यार्थीले आरोप लगाएका छन् ।
पार्टी विधि र विधान अनुरुप संचालन हुनुपर्छ भन्दै बुझाएको १० बुँदे माग लामो समयसम्म पनि सम्बोधन नभएपछि नेवि संघको प्रतिष्ठालाई जोगाउदै आफुहरु शान्तिपुर्ण विरोधमा उत्रिएको बताएका छन् । केन्द्रीय कार्यसमिति बैठकका लागि आएका सबै नेतालाई भेटेर विद्यार्थीले ज्ञापनपत्र दिदै आफ्ना माग बारे केन्द्रीय समिति बैठकमा छलफल गर्न ध्यानाकर्षण गराए । विद्यार्थीले नेताहरु रामचन्द्र पौडेल, गगन थापा, रमेश लेखक लगायत नेतालाई माग सम्बोधनका लागि पहल गर्न ध्यानाकर्षण गराए । महामन्त्री कुन्दनराज काफ्लेको टोलीले आइतबार जारी पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष महराविरुद्ध नौ बुद्धे ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा अध्यक्ष महरले तानाशाही शैलीमा केन्द्रीय समितिमा मनोनित गरेका पदाधीकारी तथा सदस्यहरु खारेज गर्नुपर्ने, २ वर्षभित्र संघको विधानअनुसार १२ औं महाधिबेसन गर्नुपर्नेमा गर्न नसकेको, ११ औं महाधिबेसनको म्यानडेटविपरित विभिन्न विश्वविद्यालयहरुमा गठन गरिएका विभागहरु खारेज गर्नुपर्ने, विबादित जिल्लामा गर्नुपर्ने अधिबेसन नगरेको लगायतका आरोप लगाइएको छ ।
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले २०८२ साल भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको दमन र मानव...