काठमाडौं । वामगठबन्धनको बहुमतबाट एमाले अध्यक्ष के.पी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्ती भएको ११ दिन बितिसक्दा पनि प्रधानमन्त्री के.पी शर्मा ओलीले मन्त्रीमण्डल विस्तार गर्न सेकेका छैनन् । आइतबार बेलुकी यो समाचार तयार पार्दासम्म दुवै पार्टीहरुले मन्त्रीहरुको अन्तिम सूची प्रकाशित गर्न सकेका थिएनन् ।
आज सोमबार सपथ ग्रहण गराउने कार्यक्रम राखिएको भएता पनि अन्यौलता कायमै रह्यो । पार्टी एकिकरण गर्ने भन्दै सरकार निर्माण गरेका वाम घटकको दुवै पार्टीले सहमति अनुसार एमालेको भागमा १० मन्त्रालय र माओवादीले ७ मन्त्रालय पाउने भएतापनि दुवै पार्टीभित्र गृह र अर्थ मन्त्रालयमा क–कसलाई पठाउने भन्ने विवाद चुलिएको छ ।
माओवादीको तर्फबाट रामबहादुर थापालाई गृहसहित नेतृत्वमा पठाउने विवाद भएको र नेता वर्षमान पुन र जनार्दन शर्मालाई व्यवस्थापन गर्न प्रचण्डलाई निकै धौंधांै परेको स्रोतको दाबी छ । त्यसैगरी एमालेमा पनि वर्तमान महासचिव ईश्वर पोख्रेल, नेता विष्णु पौडेल र सुरेन्द्र पाण्डे मध्ये अर्थमन्त्री कसलाई बनाउने भन्ने विषयले एमालेभित्र निकै चर्काचर्की परेको स्रोतको दाबी छ ।
यद्यपि मधेशवादी दल मध्ये उपेन्द्र यादवको संघीय समाजवादी फोरम पार्टी सरकारमा आउन खुट्टो उचालिरहेकोले उपेन्द्र यादवलाई समेत व्यवस्थापन गर्न बामघटकलाई धौधौ पर्ने देखिन्छ । उपेन्द्र यादव सरकारमा आउँदा उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रीको दावी गर्दै आएको स्रोत बतायो ।
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले २०८२ साल भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको दमन र मानव...