पुनर्जागरण अभियान की नयाँ गुटको विजारोपण ? – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

पुनर्जागरण अभियान की नयाँ गुटको विजारोपण ?

स्थानीय तह देखि प्रदेश तथा प्रतिनिधिसभा र राष्ट्रियसभा चुनावमा कांग्रेसले नमिठो पराजयको स्वाद चाख्नुप¥यो । पहिलो पार्टी चुनावपछि दोस्रोमा झर्नु परेको पीडा कांग्रेसले भुल्न सकेको छैन । तर यसबारेमा नेतृत्वले ध्यान नदिएको युवा नेताहरुले आरोप लगाउँदै आएका छन् ।

सडकमा सर्वसाधारण जनताको जुत्ता पोलिस गरेर राजनीति शुद्धिकरण अभियानको प्रारम्भ भन्दै चर्चामा आएका युवा नेता समूहले फेरी ५ वर्षभित्र पहिलो पार्टी बनाउने उदेश्यले पुर्नजागरण अभियान शुरु गरेका छन् । नेताहरु चन्द्र भण्डारी, धनराज गुरुङ, गगन थापा, प्रदीप पौडेल, कल्याण गुरुङ लगायतले घोषणा गरेको अभियानले तलदेखि माथिसम्मको कांग्रेसलाई जागृत गराउने दाबी गरिएको छ ।

कांग्रेसलाई २००७ सालको जस्तो क्रान्तिकारी तथा २०१५ सालको जस्तो प्रगतिशील र समृद्ध नेपालको नेतृत्व गर्न सक्ने साहस र समर्पणसहितको बनाउने प्रतिवद्धता नेताहरुले जनाएका छन् । अभियान अन्तर्गत पहिलो चरणमा सबै प्रदेश, जिल्ला र स्थानीय तहमा पार्टी सिद्धान्त र कांग्रेसले लिनुपर्ने नीतिको विषयमा छलफल गरी दस्तावेज तयार पार्ने र उक्त दस्तावेजलाई पार्टीको महासमिति बैठक र महाधिवेशनमा प्रस्तुत गर्ने उनीहरुले बताएका छन् ।

‘तात्कालिक रुपमा यो पुनर्जागरण अभयिानले महासमिति बैठक र महाधिवेशनलाई अर्थपूर्ण बनाउनेछ, देशैभरि सशक्त र जिम्मेवार प्रतिपक्षको रुपमा काम गर्न सक्ने कांग्रेस बनाउनेछ, संविधानको मर्म अनुरुप देश सञ्चालनमा अग्रसरता लिन सक्ने अनि सरकारले संविधान कार्यान्वयनमा बाटो बिराउन खोज्दा खबरदारी गर्न सक्ने कांग्रेस बनाउनेछ’ पुनर्जागरण अभियानको अवधारणापत्रमा भनिएको छ । पार्टीको आदर्श र सिद्धान्तको पुनब्याख्या गर्न, संघीय तथा समावेशी संरचना अनुसार कांग्रेसलाई पूर्ण लोकतान्त्रिक समावेशी र गतिशील बनाउन पुनर्जागरण अभियानले खाका बनाउने अवधारणापत्रमा उल्लेख गरिएको छ ।

उनीहरुले यो कुनै गुट र व्यक्तिविरुद्ध नभएको बताए पनि युवाहरुलाई कांग्रेसले समेट्न भने सकेको छैनन् । यद्यपि नेपाली कांग्रेसका हजारौं युवाहरु संघीय संरचनाको निर्वाचनपछि पार्टीको क्रियाकलापबाट टाढै बसिरहेका छन् । युवाहरुले हिजोका दिनमा युवाहरुका बारेमा आवाज नउठाएको कुनै गुटसँग आबद्ध हुँदै पार्टीमा गुट समाउँदै पद हत्याउँदै गरेकाले निःस्वार्थ कांग्रेसमा लाग्ने युवा नेताहरुको जमातले अहिलेको पुर्नजागरण अभियानलार्य साथ दिइरहेका छैनन् । अभियानकर्ताहरु गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङ, प्रदीप पौडेलले कांग्रेसभित्रै रहेका युवा हस्तीहरुलाई सामेल गराएर अगाडि बढ्न नसकेको आरोप लाग्न थालेको छ ।

ती चार नेताहरु पनि १३औं महाधिवेशनबाट स्पष्ट एउटा एउटा गुटबाट नेतृत्व गर्दै आएकोले पनि अहिलेको पुर्नजागरण अभियानलाई सहजै रुपमा सबैले साथ दिने सम्भावना कमै देखिन्छ । सामेल नभएमा युवाहरुको एउटै भनाई छ आपूm बलिायो भएर १४आंै महाधिवेशनमा आप्mनो पक्ष बलियो बनाउने भएको उनीहरुको तर्क छ ।

सम्बन्धित समाचार

सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
  • २०७४ फाल्गुन १४, ०७: ५१

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...

मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
  • २०७४ फाल्गुन १४, ०७: ५१

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...

मानव अधिकार आयोग प्रतिवेदन : ओली, लेखक र गुरुङलाई कारबाही गर्न सिफारिस
मानव अधिकार आयोग प्रतिवेदन : ओली, लेखक र गुरुङलाई कारबाही गर्न सिफारिस
  • २०७४ फाल्गुन १४, ०७: ५१

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले २०८२ साल भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको दमन र मानव...