सांसदहरुद्वारा सपथ ग्रहण – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

सांसदहरुद्वारा सपथ ग्रहण

काठमाडौं । नेपालको इतिहासमै पहिलो पटक संघीय संसदको शपथ संसद सदस्यहरुले खाएका छन् । हिजो दिउँसो ४ बजे प्रतिनिधिसभा सदस्यहरुले र ५ बजे राष्ट्रियसभा सदस्यहरुले शपथ ग्रहण लिएका हुन् ।

संसदका सबैभन्दा ज्येष्ठ सदस्यबाट अन्य सदस्यहरुले शपथ लिने भएता पनि प्रतिनिधिसभाका नागरिकतामा त्रुटी देखिएपछि ज्येष्ठ सदस्य महेन्द्र राय यादवले ऐतिहासिक समारोहमार्फत गरिमामय कार्य गर्नबाट चुके भने यसको फाइदा महन्थ ठाकुरले पाए ।

यादवपछि ज्येष्ठ सदस्इ महन्थ ठाकुर हुन् । उनी ७५ वर्षका छन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका थिए । प्रतिनिधिसभामा २७५ जना सदस्य रहेका छन् ।

त्यसैगरी राष्ट्रियसभाका सदस्यहरुलाई सभाकी ज्येष्ठ सदस्य तारादेवी भट्टले शपथ खुवाएकी हुन् । उनले पनि आजै राष्ट्रपतिबाट शपथ ग्रहण लिएकी थिइन् । राष्ट्रियसभामा ५६ जना सदस्य रहेका छन् । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्नुपर्ने संवैधानिक प्रावधान रहेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फागुन ३ गते प्रधानमन्त्री पदमा नियुक्त भएका थिए । प्रतिनिधिसभाको चुनाव भएको ३ महिनापछि सांसदले सपथ लिएका हुन् भने दुवै सदनको संयुक्त बैठक आज बस्दैछ ।

सम्बन्धित समाचार

सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
  • २०७४ फाल्गुन २०, १२: २३

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...

मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
  • २०७४ फाल्गुन २०, १२: २३

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...

मानव अधिकार आयोग प्रतिवेदन : ओली, लेखक र गुरुङलाई कारबाही गर्न सिफारिस
मानव अधिकार आयोग प्रतिवेदन : ओली, लेखक र गुरुङलाई कारबाही गर्न सिफारिस
  • २०७४ फाल्गुन २०, १२: २३

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले २०८२ साल भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको दमन र मानव...