कांग्रेस संसदीय दलको निर्वाचन आज – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

कांग्रेस संसदीय दलको निर्वाचन आज

काठमाडौं । लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको संसदीय दलको निर्वाचन आज हुँदैछ । अपरान्हबाट लोकतान्त्रिक प्रकृया अनुसार नेपाली कांग्रेसको संसदीइ दलको कार्यालयमा संसदीय दलको नेताको चयन हुने भएको छ । दोस्रो संविधानसभाको निर्वाचनमा सबैभन्दा ठूलो पार्टी भएर आएको कांग्रेस यतिखेर अर्थात् स्थानीय निर्वाचन, प्रदेशसभा र संघीय संसदको निर्वाचनमा दोस्रो हुन पुगेको छ । लामो समय सत्तामा बसेको कांग्रेस आप्mनै कारणबाट प्रमुख प्रतिपक्षीको भूमिकामा पुगेको हो ।

स्थानीय निर्वाचनदेखि संघीय निर्वाचनसम्म टिकट वितरणमा नेताहरुले मच्चाएको वितण्डाका कारण कांग्रेसले पराजय भोग्नु परेको छ । नेपाली कांग्रेसको आन्तरिक व्यवस्थापनमा व्यापक असन्तोष र गुटउपगुटका कारण सिंगो कांग्रेस अहिले गतिहीन अवस्थाबाट गुज्रिरहेको भएता पनि पार्टीको आन्तरिक निर्वाचनदेखि वाह्य निर्वाचनसम्म विभाजित गुटउपगुटले एकताको भावनालाई एकीकृत गर्न नसकेको कारण फेरि संसदीय दलको निर्वाचनमा पनि गुट उपगुटबीच प्रतिस्पर्धा हुँदैछ ।

त्यसैले आज हुने संसदीय दलको निर्वाचनमा स्वयम् पार्टी सभापति नै निर्वाचनमा होमिएका छन् भने पौडेल गुटबाट पूर्व महामन्त्री तथा उपप्रधानमन्त्री प्रकाशमान सिंह संसदीय दलको नेताको लागि निर्वाचनमा होमिएका छन् । पार्टीभित्र आन्तरिक व्यवस्थापन तथा सर्वसम्मत निर्वाचनको पक्षमा रहेका महामन्त्री सशांक कोइराला सर्वसम्मत भएमा संसदीय दलको नेता बन्न इच्छुक भएता पनि सर्वसम्मत हुने सम्भावना टरेपछि उनी पछाडि हटेका छन् । त्यसैगरी युवा नेताहरु स्वयम् पार्टी सभापतिर्ला निर्वाचनमा नजान सुझाव दिए पनि पार्टी सभापतिले संसदीय दलको नेतामा आपैm हुने प्रतिबद्धता पछि युवा नेताहरुको हुँकार पनि त्यसै खेर जाने भएको छ ।

जसरी २०५१ सालमा गिरिजाप्रसाद कोइरालाले निर्वाचनमा कांग्रेस पार्टीको पराजय पछि देउवालाई नै संसदीय दलका नेता बनाएको र बहुमत आएपछि पुनः आपैm संसदीय दलको नेता सर्वसम्मत बनेको इतिहास पार्टीभित्र भएता पनि यसपाली चाहिं त्यसो हुन सकेन । अधिकांश नेता तथा कार्यकर्ताको भावना पनि अहिले पार्टीमा एकता खोजिरहेको बेलामा पौडेल पक्ष र देउवा पक्ष दुवैले आप्mनो हठ नत्यागेको कारण बीचको बाटो नखोजिएकोले अधिकांश कार्यकर्ता पुनः आक्रोशित भएका छन् ।

कांग्रेस संसदीय दलमा अंक गणितीय हिसाब हेर्ने हो भने देउवा पक्षनै बलियो देखिन्छ । आम कार्यकर्ताको भावना विपरीत संसदीय दलमा समेत सहमति जुटाउन नसक्ने कांग्रेसका शीर्ष नेता भनाउँदाहरुले देशमा भएको बामपन्थी एकताको सरकारसँग कसरी प्रमुख प्रतिपक्षीको भूमिका खेल्ने छ त्यो हेर्न बाँकी नै छ । यो समाचार तयार पार्दासम्म देउवा पक्षले पौडेल पक्षलाई उपनेता दिने आश्वासन दिए पनि पौडेल पक्षका उम्मेदवार प्रकाशमान सिंहले कुनै हालतमा पनि निर्वाचनमा जाने सन्देश फर्काइदिएको सूत्रले बताएको छ । जेहोस् अहिलेबेलुकी उम्मेदवारी दर्तापछि अदृश्य शक्तिको प्रभाव नपरेमा लोकतान्त्रिक प्रकृयाबाट संसदीय दलको निर्वाचन हुँदा देउवा पक्षले बाजी मार्ने प्रबल सम्भावना छ ।

सम्बन्धित समाचार

सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
  • २०७४ फाल्गुन २१, ०८: ४१

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...

मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
  • २०७४ फाल्गुन २१, ०८: ४१

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...

मानव अधिकार आयोग प्रतिवेदन : ओली, लेखक र गुरुङलाई कारबाही गर्न सिफारिस
मानव अधिकार आयोग प्रतिवेदन : ओली, लेखक र गुरुङलाई कारबाही गर्न सिफारिस
  • २०७४ फाल्गुन २१, ०८: ४१

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले २०८२ साल भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको दमन र मानव...