तीन महिनापछि निर्वाचनको समिक्षा – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

तीन महिनापछि निर्वाचनको समिक्षा

काठमाडौं । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको झण्डै साढे तीन महिनापछि नेपाली कांग्रेसले निर्वाचनको समिक्षा गर्न केन्द्रिय कार्य समिति बैठक बोलाएको छ । प्रतिनिधिसभा र प्रदेशसभामा लज्जाजनक हार बेहोरेको कांग्रेसमा पराजयको कारण खोजिनु पर्छ भन्दै केन्द्रीय सदस्यहरुबाटै दबाब आएको थियो ।

निर्वाचन सम्पन्न भएपछि केन्द्रिय कार्य समिति बैठक तीन पटकसम्म बसेपनि निर्वाचनको समिक्षा भने गरिएको थिएन् । चैत ९ गते शुक्रबार पार्टी केन्द्रिय कार्यालय सानेपामा बस्ने केन्द्रिय कार्य समिति बैठकमा निर्वाचनको समिक्षा हुने प्रवक्ता विश्वप्रकाश शर्माले वताए ।

निर्वाचनमा कांग्रेसले लज्जास्पद हार बेहोर्नुको जिम्मेवारी पार्टी नेतृत्वले लिनु पर्ने भन्दै पार्टीका आधा दर्जन यूवा केन्द्रिय सदस्यले महासमिति बैठक बोलाउन माग गरेका थिए । तर पार्टी सभापति शेरबहादुर देउवाले पार्टीले निर्वाचनमा पराजय बेहोर्नुको जिम्मेवारी सबैले लिनु पर्ने वताउँदै आएका थिए । उनले निर्वाचनमा आफू जित्न नसक्ने अनि दोष मलाई दिने भन्दै गुट र उपगुटको नाममा भागबण्डा खोज्नेहरु पनि पराजयको कारक भएको बताएका थिए ।

जिम्मेवारी सबै तहमा बस्ने नेता र कार्यकर्ताले लिनु पर्ने भन्दै निर्वाचनमा पराजय हुनुको कारणको खोजी गर्न व्यापक र निर्मम समिक्षा आवश्यकता परेको प्रवक्ता शर्माले नयाँविकल्पलाई वताए । ‘पोहोर मरिन सासु, अहिले आयो आँसु’ भने झैं निर्वाचन सकिएको करिव साढे तीन महिनापछि छलफल र समिक्षा गर्न बैठक बोलाएपछि धेरै यूवा नेता, कार्यकर्ता र शुभेच्छुकले यस्तै टिप्पणी गर्न थालेका छन् ।

केन्द्रिय कार्य सम्पादन समितिमा बसेर स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभाका उम्मेदवारको टिकट वाँड्दा भागबण्डा गर्ने तर निर्वाचनको मत परिणाम कांग्रेसको पक्षमा नआएपछि सभापतिलाई दोष दिने नेता रामचन्द्र पौडेलको प्रबृत्तिका कारण कांग्रेस भित्र असन्तुष्टि झन बढेको थियो ।

सम्बन्धित समाचार

जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
  • २०७४ फाल्गुन २८, ०८: ११

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन...

सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
  • २०७४ फाल्गुन २८, ०८: ११

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...

मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
  • २०७४ फाल्गुन २८, ०८: ११

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...