काठमाडौं । भोली हुने राष्ट्रपतिको निर्वाचनमा एमालेले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै उम्मेद्वार बनाउने निर्णय गरेपछि एमालेमा निकै विवाद उत्पन्न भएको छ । एक पटक राष्ट्रपति भइसकेपछि फेरि पनि उनैलाई दोहो¥याउन नहुने आवाज एमालेभित्रै चर्को रुपमा उठेको छ ।
बुधबार बसेको एमालेको बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री के.पी. शर्मा ओलीले राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई नै पुनः उम्मेद्वार बनाउने भनेपछि एमाले नेतृ अष्टलक्ष्मी शाक्यले बैठकमा चर्को विरोध गरेकी थिइन् । उनले राष्ट्रपति भण्डारीलाई शितलनिवासमा बसेर धुम्बाराहीमा हैकम चलाउने गरेको आरोप लगाईन् भने पार्टीभित्र गुट परिचालन समेत राष्ट्रपतिले गर्ने गरेको बताईन् ।
प्रदेश नं. ३ को मुख्यमन्त्री हुनबाट रोक्न राष्ट्रपति भण्डारीले नै अर्को उम्मेद्वार खडा गरेर आफूलाई हराएको आरोप उनको थियो । बैठकमा उनले कसैले पटकपटक एउटै पद दोहो¥याउन पाउने कसैलाई भने कुनै अवसर नै नदिएर अपमान गर्ने ? कसैलाई काख, कसैलाई पाखा गरेर कसरी पार्टी चलाउनुहुन्छ भन्ने प्रश्न पार्टी अध्यक्ष ओलीलाई गरेकी थिईन् । राष्ट्रपति विद्यादेवी भण्डारीको नाम प्रस्ताव हुँदा आफै उम्मेद्वार हुने बताउँदै हिँडेका एमालेका वरिष्ठ नेता झलनाथ खनालसहित कोही पनि बोलेनन् भने पार्टीभित्र आफ्नो बलियो संगठन भएको भाषण गर्दै हिड्ने दुई नेता माधवकुमार नेपाल र वामदेव गौतम समेत मौन बसे ।
आफ्नै पार्टीभित्र हैसियत गुमाएका ती नेताहरुसँग अब अध्यक्ष ओलीको बोलीमा समर्थन गर्नु बाहेक कुनै विकल्प नरहेको एक नेताले बताए । बैठकमा माधवकुमार नेपालले आफ्ना पक्षमा भनिएका नेताहरुमाथि अन्याय भएको पनि पनि भण्डारीको विरोध गर्न सकेनन् । उता राष्ट्रपति पदका प्रत्यासी भनिएका झलनाथ खनाल भने अरु नेताहरुले आफूलाई समर्थन नगर्ने आशय बुझेपछि राष्ट्रपति भण्डारीको विपक्षमा केही बोलेनन् । बरु पार्टीको निर्णयहरु संस्थागत रुपमा गर्नुपर्ने सुझाव अध्यक्षलाई दिए ।
पार्टी एकीकरण भएको खण्डमा आफूलाई राष्ट्रपति पद दिएमा खुसी हुने आशय व्यक्त गरेका माओवादी अध्यक्ष प्रचण्डलाई राष्ट्रपति मान्ने एमालेमा थुप्रै नेताहरु थिए । तर पुनः भण्डारीलाई नै राष्ट्रपति बनाउने अध्यक्ष ओलीको निर्णय किन, भन्नेबारे आफूहरु अनजान रहेको एमालेकै नेताहरुले बताउँदै आएका छन् । बैठकमा अष्टलक्ष्मी शाक्यलाई समर्थन गर्ने केही नेताहरुलाई ओली गुटका नेताहरुले उमेर छँदै विद्यादेवी भण्डारीलाई बिदाई गर्दा अन्याय हुने तर्क पेश गरेका थिए ।
तर बैठकमा ‘नोट अफ डिसेन्ट’ सम्म लेख्ने कुरा भएतापनि अन्ततः एमालेले भण्डारीलाई नै राष्ट्रपतिका लागि आफ्नो उम्मेद्वार घोषणा ग¥यो ।
स्थायी कमिटीको निर्णयबाट राष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले उम्मेद्वार बनाउने जुन निर्णय ग¥यो, ्त्यो सरासर अलोकतान्त्रिक अभ्यास भएको एमालेभित्रै चर्चा छ । राष्ट्रपति जस्तो पदको उम्मेद्वार निर्णय गर्ने विषयमा पनि ‘ओली प्रवृति’ हाबी भयो । सिंगो केन्द्रीय समिति र पोलिटब्यूरो समिति हुँदाहुँदै राष्ट्रपतिको उम्मेद्वारको निर्णय ती दुवै समितिलाई बाइपास गरेर जम्मा २२ सदस्य भएको स्थायी कमिटीले गरेको प्रति असन्तुष्टि व्यापक बढेको छ ।
राष्ट्रपति पदमा नियुक्त भएपछि पार्टीको साधारण सदस्यता समेत त्यागेकी राष्ट्रपति भण्डारीले शितलनिवासलाई नै एमालेकरण गरेको अन्य दलहरुको आरोप छ भने राष्ट्रपति भवनभित्र बसेर एमाले पार्टीमा गुट परिचालन गरेको आरोप एमाले नेताहरुले नै लगाएका छन् ।
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...