काठमाडौं । प्रतिनिधि सभाको सभामुखमा माओवादी केन्द्रका कृष्णबहादुर महरा निर्विरोध निर्वाचित भएका छन् । सभामुख पदको लागि शुक्रबार भएको उम्म्द्वारी मनोनयन गर्ने क्रममा अरु उम्मेद्वारको नाम दर्ता नभएपछि उनी निर्विरोध भएका हुन् । वामगठबन्धनबाट उम्मेद्वारी दर्ता गरेका महराको विरुद्धमा नेपाली काँग्रेसको उम्मेद्वारी परेन ।
काँग्रेसले भोली हुने राष्ट्रपतिको निर्वाचनमा एमालेका अम्मेद्वार राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध उम्मेद्वार खडा गरे पनि प्रतिनिधि सभाको सभामुख र उपसभामुख पदको लागि उम्मेद्वार नउठाउने निर्णय गरेको थियो । शुक्रबारनै महराको एकल मनोनयन दर्ता भएपछि उनी निर्विरोध भएका थिए भने शनिबार बसेको प्रतिनिधि सभाको औपचारिक बैठकले उनलाई अबको पाँच वर्षका लागि सभामुख घोषणा गरेको हो ।
उनले आईतबार विहान राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । प्रतिनिधिसभाको शनिबारको बैठकमा काँग्रेस नेता डा.मिनेन्द्र प्रसाद रिजालले महरालाई काँग्रेसको समर्थन रहेको बताएका थिए । सभामुखको लागि माओवादीमै अन्य थुप्रै नेताहरुले इच्छा गरेका थिए ।
पूर्वसभामुख ओनसरी घर्ती मगर, गिरिराजमणी पोखरेल र देव गुरुङ सभामुख पदका आकाँक्षी थिए । तर सँधै प्रचण्डको प्रिय पात्र रहेका महरालाई नै सभामुखको लागि उम्मेद्वार बनाउने निर्णय गरिएको थियो । माओवादी शान्ति प्रकृयामा आएपछि सायद सबैभन्दा बढी पदको उपभोग गर्ने नेताको रुपमा महरा पर्दछन् । झण्डै दशमध्ये पाँच वटा सरकारमा महराले पटक–पटक महत्वपूर्ण जिम्मेवारी पाएका छन् ।
५८ वर्षिया रोल्पा नगरपालिकाका बासिन्दा महरा तीन पटक उपप्रधानमन्त्री सहित गृह, अर्थ, परराष्ट्र र सञ्चारमन्त्री समेत भइसकेका छन् । प्रतिनिधि सभाको सभामुख पदमा निर्वाचित भएपछि अबको पाँच वर्षको लागि एउटा शक्तिशाली पदमा उनी आसिन हुन पुगेका छन् ।
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...