अनिल झा–अध्यक्ष, राजपा अध्यक्ष मण्डलका सदस्य
राष्ट्रपतिको निर्वाचन भोली हुँदैछ । एमालेले पुनः विद्यादेवी भण्डारीलाई उम्मेद्वार बनाएको छ भने काँग्रेसले पनि आफ्नै उम्मेद्वार खडा गराएको छ । मधेशी दल राजपालाई पनि सरकारमा सामेल गराउन पाए संसदमा आफ्नो दूई तिहाई बहुमत हुने दाऊमा प्रधानमन्त्री के.पी. ओली छन् र अनेक प्रलोभनमा पार्ने प्रयासमा छन् ।
यो सँगै राजपाले राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई सघाउने र हिजो प्रधानमन्त्रीलाई समेत सघाए । तर सरकारमा सामेल हुने कुरा भने यकिन भएको छैन । यिनै विषयमा राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झासँग पत्रकार ऋषि धमलाले गरेका कुराकानीको सम्पादीत अंशः
तपाईहरु सरकारमा जाने निर्णय गर्नुभएको हो ?
हैन त्यस्तो भएको छैन । सरकारमा जाने निर्णय गरिएको छैन । प्रधानमन्त्रीसँग कुराकानी भएको हो । एक चरणको कुराकानीमा, संविधान संशोधन लगायतका मधेशका मुद्दाहरु सम्बोधन गर्न सकारात्मक भएको प्रधानमन्त्रीले भन्नुभएको बुझिएको छ । अब त्यसमा यो काम अगाडी गर्ने की पछाडी गर्ने, गर्ने की नगर्ने भन्ने कुराको सन्दर्भमा उहाँसँग फेरी पनि विश्वस्त हुनुपर्ने आवश्यकता छ । त्यसकारणले यसलाई सरकारमा गइहाल्ने कुुरा भन्न मिल्दैन ।
प्रधानमन्त्री ओली र माओवादी अध्यक्षसँग सरकारमा जाने सहमति भइसकेको भनिन्छ नि ?
एकपटक कुराकानी भएको हो । उहाँहरुले हामी यसमा सकारात्मक छौं भन्नुभएको छ । उहाँहरु त सधै सकारात्मक नै भन्नुहुछ नि तर उहाँहरुले कहिल्यै काम गर्नु भएको छैन । यसपाली प्रधनमन्त्री र प्रचण्डजीले चाहनु भयो भने हाम्रो सरोकारका विषयमा संविधान संशोधन तुरुन्तका तुरुन्तै हुनसक्छ । त्यो भनेको हामी र उहाँहरु मिलिसकेपछि संविधान संशोधन गर्न पर्याप्त दुई तिहाई बहुमत आउँछ ।
प्रधानमन्त्रीले कुरा गर्छु भनेपछि कुरा गर्न गएका हौं । विगतमा आन्दोलन चलिहरँदा, संङ्घर्ष भइरहँदा, मधेश बन्द हुँदा, नाकाबन्दी हुँदापनि वार्ताहरु चलेकै हो । प्रजातन्त्रमा, लोकतन्त्रमा वा कुनैपनि व्यवस्थामा कसैले कुरा गर्न चाहन्छ भने कुराकानी रोक्न हुँदैन । हामी कुराकानी रोक्ने पक्षको पार्टी होइनौं । किनभने हामी लोकतान्त्रिक पार्टी हौं । अरुले के गर्छ त्यो उसको कुरा हो । त्यसैले राजपालाई देशको प्रधानमन्त्रीले कुरा गर्छु भनेर बोलाएपछि जाने पार्टी हो ।
तर महन्थ ठाकुरले सरकारमा जान तयार बसेको बताउनुभएको छ नि ?
हामी सरकारमा जाने नजाने कुरा त छदै छ नि । प्रदेश नं. २ को सरकारमा हामी छौं । विगतमा पनि हामी सरकारमा थियौं । सरकारमा नजाने भनेर कसम खाएर हामी राजनीतिमा पनि आएको होइन, सरकारमा नगएको पनि होइन ।
त्यसैले सरकारमा जाने कुरा प्रमुख होइन । सरकारमा जाने आउने काम त भइरहन्छ नि । एजेण्डाको बारेमा उहाँहरुको अगाडि हामीले कुरा राखेका छौं । हाम्रो तर्फबाट महन्थ ठाकुर गएर कुरा राख्नु भएको हो । त्यसका साथसाथै रेशम चौधरी जेलमा छन् उनी सांसद हुन् । अरु साथीहरु जेलमा छन् थुनामा छन् । यस विषयमा नि छलफल गर्न आवश्यक छ ।
तपाईहरु रेशम चौधरीलाई छुटाउन चाहनु हुन्न भन्ने चर्चा छ नि ?
पार्टीले रेशम चौधरीलाई थुनिराख भनेको छ र ? देशको सर्वोच्च स्थान संसदमा सम्बोधन सुरु गर्दा नै हाम्रो तर्फबाट हाम्रो साथीले रेशम चौधरीको कुरालाई १ मिनेट सम्म बोल्नुभएको हो । अरु कहाँकहाँ बोल्नुपर्छ ? त्यहाँ सिपाही र हवल्दार साबलाई छोड्दिनुस् भनेर छोड्छन् त जहाँजहाँ कुरा गर्नुपर्ने हो, जे–जे गर्नुपर्ने हो, राजपाले त्यो काम गरिरहेको छ । रह्यो कुरा कहाँ बोलेर त्यो बोलिएको मानिन्छ, त्यो कुरा तपाईले नै बताइदिनु पर्यो हामीलाई ।
राजपाका नेताहरु आफ्नो लागि मात्र काम गर्ने स्वार्थी छन् भन्ने आरोप पनि छ नि ?
होइन, नेता को–को हुन्छ ? रेशम चौधरी सांसद भएकोले मान्छे नेता होइन ? पार्टीको कुन पद सम्मको मान्छेलाई नेता भन्ने ? सांसदलाई नेता भन्ने की नभन्ने ? महासचिवलाई नेता भन्ने कि नभन्ने ? उपाध्यक्षलाई नेता भन्ने की नभन्ने ? केन्द्रीय सदस्यलाई नेता भन्ने कि नभन्ने ? प्रधानमन्त्रीसँग, कुराकानी भइराखेको छ । टेलिफोनमा महन्थ ठाकुर र प्रमबीच कुरा भएको हो । किनभने रेशम चौधरी आमरण अनशनमा बसिरहेको छ । प्रधानमन्त्रीले के भन्नुभयो त्यो त मैले टेलिफोनमा सुनिन ।
तर नियम, कानुनले मिलाउँदै छु भन्नुभयो भन्ने मैले थाहा पाएँ । अब त्यस्तो स्थितिमा रेशम चौधरीको लागि हामीले काम गरिरहेका छैंनौं भन्न मिल्दैन । रेशम चौधरीलाई त्यो कुरा थाहा छ । देशलाई, दुनियाँलाई पनि थाहा छ । पार्टीको सांसद जेलमा छ त्यो पार्टीेले केही गरिरहेको छैन भनेर यसरी आरोप लगाउन त भएन नि । मुल कुरा के हो भने, राजपा पनि एउटा जिम्मेवार पार्टी हो । अरु पार्टीहरु पनि जिम्मेवार होलान् । तर राजपाको आफ्नै दृष्टिकोण छ । सबै विषयमा जनताको दृष्टिकोणसँग मिल्ने कुराहरु छ ।
जहाँको लागि हामी राजनीति गर्छौ तिनलाई मिल्ने कुराहरु छन् । रेशम चौधरीदेखि लिएर विश्वनाथ शिव राजवंशी सम्मको कुराहरु मिल्ने कुरा छ । विराटनगरदेखि लिएर महेन्द्रनगरसम्मको कुराहरु छ । ति सबै कुराहरु हामीले उठाउँदै आएका छौं । हिमालदेखि तराइसम्मका कुराहरु छन् । त्यस्ता कतिपय कुरा तपाईसँग मिल्छ, कतिपय कुरा के.पी ओलीसँग मिल्छ, कतिपय कुरा देउवाजीसँग मिल्छ र कतिपय कुरा कसैसँग पनि मिल्दैन । त्यसकारणले अलग–अलग विषयमा हाम्रो दृष्टिकोण अलग भएकै कारणले हामी अलग–अलग पार्टी हौं । अलग–अलग जाती र समुदाय छौ तर सबै एक देशका नागरिक हौं । हामी सबैका लागि का मगर्ने पार्टी हौं ।
सरकारमा जान दूई मन्त्रालय र उपराष्ट्रपति पदको बार्गेनिङ गर्नु भएको हो ?
हामीले सरकारमा जानको लागि केही पनि मागेका छैनौं । न महन्थ ठाकुरले माग्नु भएछ न राजेन्द्र महत्तोले माग्नु भएछ । सबैको बोल्ने शैली÷ तरिका फरक–फरक हुन्छन् । मिडियाले ति कुरालाई पुष्टि गर्ने तरिका फरक हुन्छन् । मन्त्री बन्न कसलाई मन लाग्दैन ? मन्त्री बन्न नचाहने नेता कहाँ हुन्छ ? अहिले मुल कुरा भनेको राजपालाई प्रधानमन्त्रीले औपचारिक रुपमा बोलाउनु भयो ।
राजपाको तर्फबाट साथीहरु जानुभयो । त्यहाँ गएपछि उहाँलाई संविधान संशोधन, मधेश आन्दोलन, मधेशका मुद्दा र हाम्रा बन्दी साथीहरु, अनशनमा रहेका साथीहरुको बारेमा राज्यको दृष्टिकोण के छ भन्ने बारेमा छलफल भएका छन् । हामीले काम गरेर देखाउनुस् भनेका छौं । उहाँहरु के–के गर्नुहुन्छ त्यो गरेपछि मात्रै सरकारको बारेमा सल्लाह हुन्छ । अहिले हामीले कुनै पदको लागि बार्गेनिङ गरेका छैनौं ।
त्यसोभए राष्ट्रपतिको निर्वाचनपछि सरकारमा जाने तयारी गर्नुभएको हो त ?
त्यस्तो विषयमा पनि कुनैपनि कुराकानी अहिले भएको छैन र दोस्रो, तेस्रो कुनै चरणको पनि वार्ता भएको छैन । एक चरणको कुराकानी औपचारिक भएको चाँही हो । बाँकी, टेलिफोनमा त विभिन्न कुरामा कुराकानी भइनै रहन्छ नि ।
सबै साथीहरु फिल्डमा हुनुहुन्छ । म पनि फिल्डमा जानीवाला थिएँ । अहिले पनि जान सक्छु । त्यसैले के हो भने त्यसमा कुनै होडवाजी वा कुनै दौडधुप भएको छैन । राजपामा मन्त्री बन्न सक्ने, मन्त्री चलाउन सक्ने, मुख्य मन्त्री चलाउन सक्ने एकसय एक नेताहरु हुनुहुन्छ । यदी हाम्रो मागप्रति उचित सुनुवाई हुन्छ भने सरकारमा जाने कुरामा विचार गर्न सकिन्छ । तर अहिले नै हामी दौडमा भने छैनौं ।
राजपामा अहिले नै मन्त्री बन्न चाँही कठिन छ हो ?
स्वभाविक रुपले कठिन छ किनभने सरकारमा जाने कुनै कुरा भएको छैन । छोरो पाउने कहिले कहिले भोटो सिलाउने अहिले भनेजस्तो कुरा हो यो ।
राष्ट्रपतिको निर्वाचनमा राजपाले विद्यादेवी भण्डारीलाई सघाउने निर्णय ग¥यो होइन ?
होर, शुक्रबार बसेको हाम्रो बैठकले राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई सघाउने निर्णय गरेका हौं । प्रधानमन्त्री के.पी. ओली र माओवादी अध्यक्ष प्रचण्डसँग हामी निरन्तर सम्बादमा छौं र त्यो सम्वाद सकारात्मक भएको हामीले बुझेकाले भोली हामीले विद्यादेवी भण्डारीलाई भोट दिने निर्णय गरेका हौैं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई मतदान गर्ने कि अर्कोलाई मतदान गर्ने भन्ने सन्दर्भमा पार्टीमा निर्णय गर्ने भएको थियो ।
त्यो निर्णय निर्वाचन भन्दा पहिलेनै हुन्छ भनेको थियो । त्यसको बारेमा दुईवटामा एउटालाई त मत हाल्नैपर्छ । एमालेसँग सकारात्मक कुरा भएपछि हामीले यो निर्णय गरेका हौं । यो कुराको निर्णय गर्ने अधिकार पार्टीको एउटा नेतालाई मात्र नहुने भएकोले पार्टीबाटै निर्णय गरेका हौं । २९ गते निर्वाचन छ, यो पार्टीलाई हाल्छु भनेर भन्यो भने त अर्को पक्ष त भोट माग्नै आउँदैनभन्ने सोचर हामीले धेरै अघि निर्णय गरेका हौं । हामी डेढ महिनाभरी भोट मागेर यहाँ आइपुगेका छौं । रातदिन मेहेनत गर्यौ।
साथीहरु चुनाव लड्दै हुनुहुन्छ । उहाँहरुलाई मेहेनत त गर्न दिनुपर्यो । लास्टमा निर्णय गरौंला नि भनेर निर्णय गर्न हतार नगरेका थियौं । हामी कति ठाउँमा दौडियौ । ४० दिनसम्म पैदल नै हिँडियो, ४० वटा वडा थियो । पुरानो ४० वटा गाउँ थियो । धेरै टोलटोल–घरघर, दुईदुई पटक घुम्नु पर्यो। हामीकहाँ पनि भोट माग्ने मान्छे आइदिन पर्यो नि । पहिले नै डिक्लियर गरेपछि त साथीहरु आउनुहुन्न भोट माग्न त्यसैले उहाँहरुलाई अलिकति मेहेनत गर्न दिनुपर्छ भनेर हामी मौन बसेका थियौं तर प्रधानमन्त्री तथा माओवादी अध्यक्षसँग भएको वार्ता सकारात्मक भएपछि निर्णय गरेका हौं ।
प्रदेश नं. २ को विकासका लागि के योजना छ ?
तपाईसँग कुरा गर्न आउनु भन्दा दुई घण्टा पहिलादेखि म ल्यापटप चलाएर योजनाहरु लेखिरहेको थिएँ । मलाई थाहा छ, मधेशमा अझैसम्म राम्रोसँग सडक पिच हुन सकेको छैन । अब अहिले देशको नयाँ योजना बन्दै छ । चालु आर्थिक वर्षमा नयाँ कामहरु बन्दै छन् । आज पनि हाम्रो क्षेत्रमा अर्को क्षेत्रको सांसद गएर सडक शिल्यान्यास गर्दै छन् । त्यसमा ढुङ्गा मुढा हुने सम्भावना छ । यि विभिन्न कुराहरु भइरहेछ देशमा के गर्नु ? काठमाडौंको सांसद माधव कुमार नेपाल रौैतहट १ नं. मा अर्को पटकको चुनावको तयारी गर्न थाल्नु भएको छ ।
उहाँले मलाई लिफ्ट जाने कुरा नै भएन उहाँ त आफ्नो क्षेत्रबाट भागेर आउनुभएको हो । अनि फेरी त्यहाँ निहुँ खोज्न झगडा गराउन र गोली चलाउन जाँदै हुनुहुन्छ ? जनता त आफ्नो प्रतिनिधि खोज्छ नि ! त्यहाँ झडप हुन सक्ने सम्भावना छ । भगौडा नेता गएर त्यहाँ शिल्यान्यास गर्दा त राम्रो देखिदैन नि ।
चलचित्र समीक्षा सस्मिता पाठक काठमाडौं । समय परिवर्तित छ । यद्यपी सामाजिक विश्वासहरू हाम्रो समाजमा अझै पनि यथावत छन्, जहाँ...
Discover how https://casinos-online-romania.it.com/ simplifies online gambling navigation, offering easy access to top casino games, slots, and reviews.