ओलीको टोलीका चर्चित मन्त्रीहरु – Naya Bikalpa
December 15, 2025, Monday      Epaper

ओलीको टोलीका चर्चित मन्त्रीहरु

काठमाडौं । वामगठबन्धनबाट शक्तिशाली बन्न पुगेका एमाले अध्यक्ष एवं प्रधानमन्त्री के.पी शर्मा ओलीले फागुन ३ गते देशको प्रधानमन्त्रीमा नियुक्त भए पश्चात आफ्नो समर्थनमा २ तिहाई पु¥याउन सफल भएका छन् । संघीय संसदबाट २ तिहाई भन्दा बढी विश्वासको मत पाएका ओलिले राखेको हरेक प्रस्ताव पार्टीको पोलिटब्युरो समितिबाट पास भएको छ ।

जसअनुसार राष्ट्रपति, राष्ट्रियसभाका अध्यक्ष, उपसभामुख तथा मन्त्रीमण्डलमा सामेल गराउने व्यक्तिहरु चयनले गर्दा एमालेभित्र प्रधानमन्त्री के.पी शर्मा ओली वर्तमान अवस्था सबैभन्दा शक्तिशाली देखिएका छन् । शुक्रबार तेस्रो पटक वर्तमान मन्त्रीपरिषद् विस्तार गर्दा पनि कामका अनुभवि र नयाँ पुस्ता तथा युवाहरुलाई मन्त्रीमण्डलमा समावेश गरेर चर्चामा पुगेका छन् ।

जसअनुसार संघीय संसदको निर्वाचनमा गुल्मीबाट विजयी भएका प्रदीप ज्ञवालीलाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिइएको छ । ज्ञवाली पार्टी र बाहीर पनि निकै शालिन तथा बौद्धिक रुपमा परिचित छन् । परराष्ट्र मामलामा पनि जानकार रहने व्यक्ति भएकोले छिमेकीको सम्बन्धमा पनि कुटनैतिक तवरले व्यवस्थापन गर्नसक्ने अनुमान गरिएको छ ।

शान्ति स्थापनादेखि गणतन्त्रको कार्यान्वयनमा ज्ञवालीको भूमिका अन्य नेताहरुको भन्दा निकै गहन देखिएकाले पनि राज्यबाट गरिएका धेरै वार्ता टोलीमा बसेर काम गरेको अनुभव ज्ञवालीसँग रहेको छ । त्यसैले छिमेकी राष्ट्रमात्र नभएर अन्य मुलुकहरुको सम्बन्धमा पनि परराष्ट्र मन्त्री ज्ञवालीले सुधार गर्न सक्ने अनुमान गरिएको छ ।

ओलीको टिममा अर्का चर्चित पात्र हुन् गोकर्ण विष्ट जसले छोटो समय मन्त्री हु्ँदा पनि निकै चर्चा कमाएका र एमालेमा युवा नेतृत्व पङ्क्तिमा निकै लोकप्रिय नेता मानिन्छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनाईदा एमाले पार्टीमा युवाहरुको ठूलो जमात खुशी भएको बताइएको छ ।

त्यतिमात्र नभएर छोटो समयका लागि उर्जामन्त्री हुँदा पनि उनले लोडसेडिङ्गको व्यापक विरोध गरेको र भ्रष्टाचारको जालो नतोडेसम्म लोडसेडिङ्ग नहट्ने दाबी गर्दै विद्युत चोरी अनैतिक विद्युत लाइसेन्स रोक गरेर चर्चामा आएका थिए । त्यसैगरी विद्युत चोरी भएका थाहा पाएपछि उनले कार्वाही समेत अगाडी बढाएको र प्राधिकरणभित्र भएको अनियमितता बाहिर ल्याएका थिए । त्

यसैले पनि उनलाई यो मन्त्री मण्डलमा ठूलो मन्त्रालयको जिम्मेवारी दिईएको बताइन्छ । त्यसैगरी एमालेका अर्का युवा नेता रविन्द्र अधिकारीले पर्यटन मन्त्रीको जिम्मेवारी पाएका छन् । लगातार निर्वाचन जित्दै आएका र मन्त्री पद नपाउँदा पनि निकै चर्चामा रहेका उनी संसदको विभिन्न समितिमा रहेर काम गरिसकेका व्यक्ति हुन् ।

काम गर्न मन्त्रीपद मात्र चाँहिदैन भनेर उदार बन्न सफल अधिकारी यस भन्दा पहिले सरकारको कुनै पनि मन्त्रालयको जिम्मेवारी नपाए पनि ‘एक्सन ओरियन्टृड’ नेताको रुपमा परिचित छन् । उनी आफ्नो पार्टी मात्र हैन सबैसँग मिलनसार रुपमा व्यवहार गर्न सक्ने व्यक्तिको रुपमा चिनिन्छन् ।

त्यसैगरी सञ्चार क्षेत्रबाटै राजनीतिमा आएर र पत्रकारको रुपमा आजसम्म स्थापित नेता गोकुल बाँस्कोटालाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएकोले एमालेको सञ्चार क्षेत्र मात्र नभै साना लगानीका मिडिया हाउस समेत खुशी भएका छन् ।

सञ्चारमन्त्री राज्यमन्त्री भएर पुरै मन्त्रालयको जिम्मेवारी पाएका गोकुल गत आम निर्वाचनमा काभ्रेबाट सर्वाधिक मत ल्याएर विजयी भएका थिए । सञ्चार क्षेत्रमा लामो समय काम गरेका र साना तथा मझौला सञ्चार गृहको विषेश जानकार व्यक्तिलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिँदा वर्तमान अवस्थामा साना मिडियाको विकास र प्रबद्र्धनमा विषेश किसिमको परिवर्तन आउने अपेक्षा गरिएको छ । युवा पिडिमा चर्चित बाँस्कोटा निकै खरा र प्रष्ट वक्ताको रुपमा चिनिन्छन् ।

त्यसैगरी माओवादी पार्टीबाट चर्चित केही अनुहार मध्ये २ जनाले मात्र मन्त्री पद पाउन सफल भएका छन् । जस अनुसार शक्ति बहादुर बस्नेतले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् भने पहिलो संविधान सभामा निर्वाचित भएका वर्षमान पुनलाई उर्जामन्त्रीको जिम्मेवारी दिइएको छ । उनी अध्यक्ष पुष्पकमल दाहालका विश्वासीला पात्रका रुपमा रहेता पनि शान्ति प्रकृयामा मुलुकले प्रवेश गरीसके पछिको अवस्थामा राजनैतिक दलहरुसँगको सहकार्यमा पुनको भूमिका उल्लेखनीय रहेको पाइन्छ ।

भद्र र शालीन व्यक्तित्वका पुनले यस अघि अर्थमन्त्रालयको कार्यभार सम्हालिसकेका छन् । त्यसैगरी गिरिराजमणी पोखरेलले पुनः शिक्षामन्त्रीको जिम्मेवारी पाएका छन् । निरन्तर निर्वाचनबाट विजयी हुँदै आएका पोखरेल पाँचौ पटक पुनः शिक्षा मन्त्रालयको जिम्मेवारी पाउने एक मात्र मन्त्री यो मन्त्रीमण्डलमा रहेका छन् ।

सम्बन्धित समाचार

मधेश प्रदेश सरकारद्वारा मन्त्रिपरिषद् विस्तार
मधेश प्रदेश सरकारद्वारा मन्त्रिपरिषद् विस्तार
  • २०७४ चैत्र ५, ०८: २९

जनकपुरधाम : मधेश प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नियुक्त दुई मन्त्रीले सोमबार प्रदेश प्रमुख...

चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र
चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र
  • २०७४ चैत्र ५, ०८: २९

काठमाडौं : केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ...

ओलीले गराए उम्मेदवारी दर्ता
ओलीले गराए उम्मेदवारी दर्ता
  • २०७४ चैत्र ५, ०८: २९

काठमाडौं : नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रमा उनले...