कृष्णप्रसाद सिटौला, नेता नेपाली कांग्रेस

निर्वाचित भएर संसद्मा गएर देशको सेवा गर्नको लागि र ३ नं. क्षेत्र जनआन्दोलनको उर्वर भूमि भएको हुँदा मेरो उम्मेद्वारी झापाको क्षेत्र नं. ३ बाटै भएको हो । त्यसैले जनआन्दोलनको, रणभूमिको रुपमा परिणत भएको क्षेत्र नं. ३ शहिदहरुको सपना साकार पार्न सक्षम छ, भन्नका लागि पनि मेरो उम्मेद्वारी हो । संघीय गणतन्त्रको संस्थागत विकास गर्न झापाको क्षेत्र नं. ३ को जनताले मलाई विश्वास गर्नेछन् भन्ने लाग्छ । संघीय गणतन्त्रको संस्थागत विकास गर्न संसदमा मेरो भूमिका अह्म हुन्छ भन्ने विश्वास झापाका जनतामा रहेको छ ।
तपाईका प्रतिस्पर्धी राप्रपाका राजेन्द्र लिङ्देललाई बामगठबन्धनको समर्थन छ । तपाई आफू जित्नेमा कतिको विश्वस्त हुनुहुन्छ ?
जनताको मतदान सर्वोत्तम हुन्छ । पार्टीका कार्यकर्ता पनि स्वाभिमानले भरिएका हुन्छन् । नेपाली कांग्रेस र कम्युनिष्टवादी कार्यकर्ताहरु पनि स्वाभिमानले भरिएका छन् र नेताले गल्ती गरे भन्दैमा पार्टीका कार्यकर्ताहरु त्यस्ता हुँदैनन् । नेताको गल्तीलाई सच्याउने क्षमता हरेक पार्टीका कार्यकर्ताहरुले राख्छन् । प्रचण्ड र ओलीजीले राप्रपाका उम्मेद्वार राजेन्द्र लिङ्देललाई समर्थन गर्नु भनेको सबैभन्दा ठूलो गल्ती हो । जुन पार्टीले आफ्नो राजतन्त्र घोषणापत्रमा चाहिन्छ भन्छ र भन्दैछ । जुन पार्टीले आन्दोलनलाई दमन ग¥यो । दमन पनि धेरै ठूलो गरेको थियो । त्यस्तो पार्टीलाई समर्थन गर्नु भनेको दोस्रो जनआन्दोलनको अबमूल्यन गर्नु हो भन्ने लाग्छ । झापा ३ नं. क्षेत्रका जनताले यो कुरा राम्ररी बुझेका छन् । तर कांग्रेस सँधै जनताको म्याण्डेड अनुसार हिँड्ने पार्टी भएको हुँदा झापाको अन्य मतदाताले मलाई भोट हाल्नुहुने छ र मलाई जिताउनु हुनेछ भन्ने विश्वासमा छु ।
शान्ति प्रक्रियामा तपाईको भूमिका अह्म थियो तर पनि तपाईलाई समर्थन किन गरेनन् जस्तो लाग्छ ?
यो उहाँहरुलाई सोध्ने कुरा हो । यो उहाँहरुको पार्टीको कुरा हो । कसले ठिक ग¥यो कसले बेठीक ग¥यो यो त जनताले फैसला गर्ने कुरा हो । आमसभामा जानेले आफ्नो विचार राख्ने हो । जनताले विचार गर्छन् । मेरो विश्वास जनतासम्म पुग्छ । जनता चेतनशील छन् । जनतामा चेतना जागृत भएको छ । मलाई लाग्छ निर्वाचन क्षेत्रमा यो सूचना पुग्छ र जनता पुन जागृत हुन्छन् । जनताले मलाई छोड्नै सक्दैनन् । तसर्थ कुनै हालतमा राप्रपाको गाई चिन्हमा झापा ३ नं. क्षेत्रका जनताले मतदान गर्न सक्दैनन् । २०६२÷०६३ को आन्दोलनमा यत्रो घटना घट्यो । त्यतिका जनताको ज्यान गयो । ती शहिदहरुलाई सम्झनुपर्छ । ती शहिदहरुले बगाएको रगत त्यो सबै झापा वासीको स्वतन्त्रताको लागि हो । त्यसैले परिवर्तनको पक्षमा रहेका कुनै पनि मतदाताले मलाई छोडेर राप्रपालाई मतदान गर्न सक्दैनन् भन्ने मेरो विश्वास छ ।
यो निर्वाचन क्षेत्रमा पहिलो पटक आफ्नो कार्यकाल पुरा गरेको छु । तीन पटक मैले पराजय भोग्नु परेको थियो र तीन पटक म निर्वाचित पनि भँए । हामी आन्दोलनमा गयौ सारा नेपाली जनतालाई थाहा छ आन्दोलनमा मेरो के भूमिका रह्यो भनेर । पहिलो संविधानसभाको निर्वाचन हुँदा यही निर्वाचन क्षेत्रबाट मैले पराजित हुनुप¥यो । तर दोस्रो संविधान ? मैले भने खै हामीलाई जिताएको ? मलाई जिताएर पठाउनु होस् संविधान आउँछ । नेपाली जनताले नेपाली कांग्रेसलाई ठूलो पार्टी बनाएर पठाए । दोस्रो संविधान सभामा सुशिल कोइराला प्रधानमन्त्री बन्नुभयो । म आँफै संविधासभा समितिको सभापति बने । सबै पार्टीका नेताहरुलाई एक ठाउँमा राखेर समन्वयन गरेर संविधान ल्याउन महत्वपूर्ण भूमिका खेले । प्रष्ट कुरो छ मेरो कार्यकालमा झापा ३ नं. क्षेत्रमा साँढे तीन अर्बको ठूलो आयोजनाहरु आएका छन् ।
यहाँको २० किलोमिटर यही आर्थिक वर्षमा कालोपत्रे हुँदैछ । मेचिको निर्माण कार्य सम्पन्न भैसकेको छ । यहाँ पुलहरु बनिसकेका छन् । हरेक गाउँमा खानेपानी आयोजना आएको छ । स्वाथ्य संस्थाका ठूला ठूला भवनहरु बनेका छन् । मैले आफैले पनि उद्धघाटन गरिसके । बाँकी थुप्रै आयोजनाहरु छन् । शिक्षा, स्वास्थ्यको क्षेत्रमा सडक र अस्पतालको क्षेत्रमा भद्रपुरको मेची अस्पताललाई मेडिकल कलेज बनाउने भनेर योजना अगाडी सारेका छौं । भर्खरै मात्रै तीस करोडको सम्झौता भएको छ । निर्वाचन पछि निर्माण कार्य शुरु हुन्छ । अत्यन्तै ठूलो कार्य योजनाहरु मेरो यो कार्यकाल पुरा गर्दै गर्दा यो क्षेत्रले प्राप्त गरेको छ । अब करिब करिब एक वर्षमा यी सबै कार्य योजना पुरा हुनेछन् । अस्पताल बन्नलाई केही समय लाग्ला ।
अहिले पूर्वाञ्चलकै सबैभन्दा ठूलो सभागृह बन्दै । बन्दै गरेको गिरिजाप्रसाद कोइराला स्मृति सभागृह, जनआन्दोलनको सम्झनामा शहिदहरुको स्मरणमा सुशिल कोइराला के.पी ओली, प्रचण्ड विजयकुमार गच्छादार सहित शिल्यान्यास गरेको भवन हो । त्यो एउटै भवन थियो, जसलाई सबै पार्टीका नेताहरुले संयुक्त शिल्यान्यास गरेका छन् । त्यसैले यो ठाउँ मार्फत सबै पार्टीका नेताहरुले जनआन्दोलनलाई सम्मान गरेका छन् । त्यसलाई बिर्सेर, विचारबाट विचलित नभै सबै पार्टीका नेताहरुले मनमा स्मरण गरेर मात्र अघि बढ्नुपर्छ भन्ने लाग्छ । देशको स्वार्थ र जनताको स्वार्थ भन्दा ठूलो आफ्नो स्वार्थ हुन सक्दैन । जनआन्दोलनमा मारिएका, संङघर्षमा मारिएका मानिससहरुलाई बिर्सिएर अगाडी जान सकिदैन । हाम्रो कार्य दिशा त्यो भावनाबाट बनेको हुनुपर्दछ । त्यसैले म प्रष्ट भन्न चाहन्छु की नयाँ बिकल्प साप्ताहिक मार्फत देशभरका तमाम मानिसहरुलाई जनआन्दोलनको भावना बमोजिम हामी अगाडी जाने हो । शहिदहरुलाई बिर्सेर कही पुग्न सकिँदैन । इतिहासलाई बिर्सन हुँदैन । इतिहासले मार्ग देखाउँछ । म नेताहरुलाई पनि भन्न चाहन्छु अनेक गठबन्धनको नाममा गलत कार्य गर्न कसैले पाउँदैन ।
कुनै पार्टीको कुनै नेताले आफ्नो स्वार्थको लागि गठबन्धन गर्नुहुँदैन । परिवर्तनका पक्षधरहरु जसले जितुन परिवर्तन अगाडी बढाउँछन् । परिवर्तनलाई बिर्सनु हुँदैन । जनआन्दोलनलाई दबाउनको लागि सङ्घर्षलाई दबाउनको लागि जसले यस्ता काम गरिरहेका छन् आज तिनीहरुलाई बोकेर हिँड्न सकिदैन । जसलाई गणतन्त्र चाहिएको छैैन्, जसलाई संघीयता चाहिएको छैन । त्यसलाई बोक्न सकिदैन । आजको राजनीतिमा गणतन्त्र त्यसै आएको होइन । सात साल देखीको क्रान्ति लोकतन्त्रमा गाँसिएर जनताको अधिकार आयो राजनीतिमा त्यसलाई पटक पटक राजाहरुले खोसेका छन् । बी.पी. कोइरालालाई राजा महेन्द्रले किन जेलमा लगे यसको उत्तर कोही दिन सक्छ । के थियो कारण त्यसबेलामा पञ्चायतीको अदालतले फैसला गरेर हाम्रा मानिसहरुलाई मुत्यृदण्ड सजाय दिएको थियो । के छ उत्तर आज तिनीहरुसँग आज फरी राजतन्त्र चाहिन्छ । राजा ल्याउनुपर्छ भन्नेहरुलाई सम्पूर्ण रुपमा परास्त गर्नुपर्छ । त्यस्तो सन्देश दिन्छ झापा क्षेत्र नं. ३ ले यो मलाई पक्का विश्वास छ ।
हरेक पार्टीका नेताहरुले आफ्नो पार्टीलाई ठूलो देखाउने गर्दछन् । ओलीजीले आफ्नोे पार्टी ठूलो भन्नुहोला । प्रचण्डजीले आफ्नो पार्टी ठूलो भन्नुहोला । मेरो विश्वास हो नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी हो । निर्वाचन पछि नेपाली कांग्रेस १ नं. पार्टीमा निर्वाचित भएर जान्छ । नेपालको राजनीतिमा नेतृत्व गर्छ कांग्रेसले निर्वाचनको परिणामले संविधान पछिको पहिलो निर्वाचन हुँदैछ । यो निर्वाचन कसरी हार्छ नेपाली कांग्रेसले ? पक्कै जित्छ । सबैभन्दा ठूलो पार्टी भएर संसद्मा पुग्छ ।
विकास चाँही के गर्नुभयो थाहा छैन मलाई राजा ज्ञानेन्द्रको शासन एकै ठाउँमा जोड्ने दश लाखको मात्रै आयोजना आयो भनेर कुनै देखाइदिनु भयो भने हुने थियो । मेरो कार्यकालमा साँढे तीन अर्ब भन्दा बढी आयोजनाहरु आएका छन् । शिक्षाको क्षेत्रमा मात्रै चार÷पाँच करोडसम्मको भवनहरु बनेका छन् । राजा ज्ञानेन्द्रका् शासनकाल चार वर्ष चल्यो यिनै राप्रपाका नेताहरु उनका हर्ताकर्ता भएर देश दमनको चक्रब्यूहमा फस्यो । रक्तपातमा फस्यो । देश त्यस बेलामा राजा ज्ञानेन्द्रले यो निर्वाचन क्षेत्रमा उनको शासन कालमा जति अर्ब रुपैँया ल्याएको भएपनि हुन्थ्यो । जति पुल, सडक बनाएको भएपनि हुन्थ्यो । कहि कतै विकास गरेको भए पनि हुन्थ्यो नि ? कुनै पुल, सडक बनेको, कुनै ठूला आयोजना बनेको देखाउन सक्नु प¥यो अनि बल्ल विकास गरेको छु भनेर बोल्न सुहाउँछ । नत्र पञ्चायत कालमा जस्तो जनतालाई झुक्याएर भोट लिने अवस्था गएको जस्तो मलाई लाग्छ ।
चलचित्र समीक्षा सस्मिता पाठक काठमाडौं । समय परिवर्तित छ । यद्यपी सामाजिक विश्वासहरू हाम्रो समाजमा अझै पनि यथावत छन्, जहाँ...
Discover how https://casinos-online-romania.it.com/ simplifies online gambling navigation, offering easy access to top casino games, slots, and reviews.