एकै पटक ३० सचिवको सरुवा – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

एकै पटक ३० सचिवको सरुवा

काठमाडौं । सरकारले विभिन्न मन्त्रालय र निकायका ३० सचिवलाई एकै पटक सरुवा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जानुअघि शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले सचिव सरुवाको निर्णय गरेको हो । विभिन्न मन्त्रालय र निकायमा रहेका ४८ सचिवमध्ये एकैपटक ३० जनाको सरुवा भएको हो ।

सरकारले गृहसचिव मोहनकृष्ण सापकोटालाई युवा तथा खेलकुद मन्त्रालयमा, शिक्षा सचिव मधु रेग्मीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवद्वय प्रेमकुमार राइलाई गृह मन्त्रालयमा र खगराज बराललाई शिक्षा मन्त्रालयमा सारिएको छ ।

अर्थसचिव शंकर अधिकारीलाई उपराष्ट्रपति कार्यालयमा थन्काईएको छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव राजन खनाललाई पुन अर्थ मन्त्रालयमा ल्याइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रमान गुरुङलाई सूचना तथा सञ्चार मन्त्रालयमा र सञ्चार सचिव केदारबहादुर अधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा लगिएको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव महेश्वर न्यौपानेलाई अख्तियारमा लगिएको छ । रक्षासचिव विनोद केसीलाई राष्ट्रपति कार्यालय सरुवा गरिएको छ भने त्यहाँ राष्ट्रिय योजना आयोगका सचिव विष्णु लम्साललाई ल्याइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्त समूहमा रहेका शरदचन्द्र पौडेललाई योजना आयोग लगिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव (आपूर्ति हेर्ने) अनिल ठाकुरलाई राष्ट्रिय महिला आयोगमा सारिएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मधुसूदन अधिकारीलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा सरुवा गरिएको छ भने सो मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई नेपाल ट्रस्टको कार्यालय थन्काईएको छ । ट्रस्टका सचिव अर्जुनकुमार कार्कीलाई आकर्षक मानिएको पुनर्निर्माण प्राधिकरणमा लगिएको छ । युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहाललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा, वन सचिव युवकध्वज जीसीलाई कृषि मन्त्रालयमा र त्यहाँका सचिव विश्वनाथ ओलीलाई वन मन्त्रालय लगिएको छ । प्रदेश १ का कामु मुख्यसचिव यादवप्रसाद कोइरालालाई काठमाडौं महानगरपालिकाको कार्यकारी अधिकृतमा र राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेललाई सूचना आयोगमा सरुवा थन्काइएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव लक्ष्मण मैनालीलाई प्रधानमन्त्री कार्यालयमा र उपराष्ट्रपति कार्यालयका सचिव लालशंकर घिमिरेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्त समूहमा रहेका सचिव कृष्णराज बीसीलाई खानेपानी मन्त्रालयमा सरुवा गरिएको छ । खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरलाई शिक्षा मन्त्रालयको विज्ञान तथा प्रविधि सचिवमा सारिएको छ । विज्ञान तथा प्रविधि सचिव सञ्जय शर्मालाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सारिएको छ ।

सम्बन्धित समाचार

जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
  • २०७४ चैत्र २६, ०८: ३३

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन...

सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
  • २०७४ चैत्र २६, ०८: ३३

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...

मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
  • २०७४ चैत्र २६, ०८: ३३

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...